जीप दुर्घटनामा बालकको मृत्यु

पाल्पा । तानसेन नगरपालिका, २ बडिज्ञानटोलमा लु १ च ६७४८ नम्बरको जिपले ठक्कर दिँदा नौ महिने नाबालक निशान बस्यालको मृत्यु भएको छ । जीप दुर्घटनामा चार पैदल यात्रु घाइते भएका छन् ।
घाइते हुनेहरूमा वगनासकाली, ३, नायरनम्तलेसका ५ वर्षीय नविन बस्याल, ४८ वर्षीय लक्ष्मी बस्याल, नवलपरासी सुनवलका ५२ वर्षीय रामजी चौधरी र तानसेन, ६ की कमला पाण्डे रहेको प्रहरीले जनाएको छ ज्यान गुमाउने बालक निशान र घाइते नविन लक्ष्मीका छोराहरू हुन् ।
घाइते चौधरीको अवस्था सामान्य रहेको र अन्यको अवस्था गम्भीर रहेको युनाइटेड मिशन अस्पताल तानसेनले जनाएको छ । प्रहरीका अनुसार ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको हो । जीपका चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार