सेवा सुविधाको माग गर्दै आन्दोलन घोषणा

कपिलवस्तु। सरकारी र सामुदायिक विद्यालयमा वर्षौंदेखि कार्यरत कर्मचारीहरूको संगठन नेपाल विद्यालय कर्मचारी परिषदले आफ्नो हकअधिकार र सुविधाको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
यसै क्रममा उनीहरूले प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय ईकाईमा ध्यानाकर्षण पत्र बुझाएको छ । परिषदका अध्यक्ष खुमबहादुर विकको अगुवाईमा बुझाइएको ध्यानाकर्षण पत्रमा बिभिन्न नौ बँुदे माग गरिएको छ ।
निजामति वा शिक्षक सरह तलब भत्ता र पोशाक भत्ता उपलब्ध गराउनु पर्ने, विद्यालयका कार्यालय सहयोगीलाई श्रेणीविहीन, कार्यालय सहायकलाई खरिदार लेखापाललाई सुब्बासहरको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । यस्तै संघीय शिक्षा ऐन लागुँ हँुदाका बखतसम्म एक पटकका लागि कार्यरत सबै कर्मचारीलाई स्थायीको प्रकृया पूरा गरी स्थायी गर्नु पर्ने, ६० वर्ष नघेकालाई अन्य कर्मचारी सहर सुबिधा, २० वर्ष सेवा गरी सकेका कर्मचारीलाई पेन्सन वा उपदान दिनु पर्ने माग गरिएको छ ।
माग पूरा गर्र्न नेपालभरका सबै ७ सय ५३ स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाइने परिषदका जिल्ला अध्यक्ष खुम बहादुर विकले बताए । माग पूरा नभए आफूहरूले भदौ ३ र ४ गते देशभरको विद्यालय बन्द गर्ने गरी आन्दोनलको कार्यक्रम समेत सार्वजनिक गरेको उनले बताए । भदौ ७ गते काठमाडौंमा शान्तिपूर्णरूपमा प्रदर्शन गर्ने उनले बताए । सरकारले आफूहरूलाई विभेद गरेको र नगन्य तलब दिएको अध्यक्ष विकले बताए । देशभर ३५ हजार कर्मचारी कार्यरत भए पनि करिब २२ हजारलाई अनुदानका नाममा न्यून पारिश्रमिक दिएको उनले बताए । सरकारसँग पटक पकट सम्झौता भए पनि कार्यान्वयन नभएको कर्मचारीहरू बताउँछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार