नमूना युवा रेडक्रस सर्कलद्वारा आँखा शिविर

बुटवल। रूपन्देहीको देवदह ९ स्थित न्यू नमुना बोर्डिङ्ग हाई स्कूलमा रहेको न्यू नमूना युवा रेडक्रस सर्कलको आयोजना र लुम्बिनी आई केयर सेन्टरको सहयोगमा एक दिने निःशुल्क आँखा परीक्षण हुने भएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक र अभिभावकको लागि नमुना युवा रेडक्रस सर्कलद्वारा आँखा परीक्षण गर्न लागिएको हो । यही श्रावण ३१ गतेका दिन विद्यालयमा नै उक्त कार्यक्रम हुन लागेको हो । नमुना युवा रेडक्रसका संरक्षक होमनाथ ढुंगानाको उपस्थितिमा भएको बैठकको अध्यक्षता सर्कलका अध्यक्ष कुसुम थापाले गरेका थिए भने कार्यक्रमको संचालन सचिव अंकिता रायमाझीले गरेको जानकारी शिक्षक नायक कृष्ण पन्थीले गराएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार