कर वृद्धि होइन दायरा बढाउनुपर्छ

बुटवल। संघीयताको मर्मअनुसार जनताको सेवामा समर्पित भएर काम गरिरहेको स्थानीय सरकारका प्रमुखले बताएका छन् । निर्वाचित भएको १ वर्षको अवधि सिकाइको वर्ष भएको भन्दै रूपन्देहीको देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले अहिलेसम्म २८ वटा ऐन, नीति, कार्यविधि बनाएको बताए ।
रिपोटर्स क्लब प्रदेश ५ कार्यालय बुटवलद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै खत्रीले देवदहका धर्मिक, ऐतिहासिक तथां पर्यटकीय क्षेत्रलाइ एउटै सर्किट बनाएर बिकास गर्ने बताए । भवानीपुर, बैरीमाइ , कन्यामाइ, पाकरी बृक्ष लगायतका क्षेत्रको विकासमा आफूहरूको ध्यान पुगेको उनको भनाइ छ ।
तीन तहकै सरकारले दोहोरो र तेहरो कर उठाएको जनताको गुनासो छ नी भन्ने प्रश्नमा उनले सरकारले दररेट होइन बरु करको दायरा बढाउनुपर्नेमा जोड दिए ।
संघीय सरकारले साउन १ देखि अनिवार्य लगाउने भनेको एकीकृत सम्पत्ती कर आम जनताका लागि हानीकारक नभएको भन्दै उनले अहिले केन्द्र सरकारले सम्पत्ती कर,भूमि कर लगाएको बताए ।
‘केन्द्र सरकार कसको प्रभावमा प¥यो र एकीकृत सम्पत्ती कर हटायो’, उनको प्रश्न छ ।
‘कर सम्पत्ती हेरेर होइन, आम्दानी हेरेर लगाउनुपर्ने हो, यहाँ करको बारेमा आम जनतालाई जनप्रतिनिधिले बुझाउनै सकेका छैनन, ’ उनको भनाइ छ ।
उनले चुनावमा गरेका हिजोका प्रतिबद्धता पुरा गर्न केही कठिनाइहरू भएको भन्दै उनले ३ वटै सरकारको साझा सूचीमा रहेको लालपूर्जा बितरणलाई सबै सरकार मिलेर टुंगाउनुपर्ने उनको भनाइ छ ।
खत्रीले आफूहरूले सेवा पारदर्शी र सर्बसुलभ बनाउने प्रयास गरेको भन्दै सबैले सहयोग पु¥याउनुपर्ने बताए ।
देबदहमा कृषि क्षेत्रलाई विशेष सम्बोधन गर्ने गरी दूध उत्पादनका लागि नश्ल सुधार अभियान चलाइएको बताए । उनले दुध उत्पादनका लागि सेक्स सिमिन, अन्नबालीमा बिज बृद्धि हुँदै आत्मनिर्भरतर्फ लगाउन नगरपालिका प्रतिबद्ध भएको बताए । सो अवसरमा बोल्दै पत्रकार महासंघ रूपन्देहीका संस्थापक अध्यक्ष तथा दैनिक पत्र दैनिकका प्रधान सम्पादक बालकृष्ण चापागाईंले स्थानीय सरकार बनेपछि विकासको लहर नै आएको बताए । उनले विकासका नाममा आर्थिक चलखेल र रकमको दुरूपयोग हुने सम्भाबना बढेको भन्दै सचेत रहनुपर्नेमा जोड दिए ।
स्थानीय सरकारले मिडियासँगको समन्वयलाई बढाउनुपर्ने उनको भनाइ छ ।
उनले भने– ‘मिडियालाई हेर्ने दृष्टि फेर्न जरुरी छ, सबैको छलफलबाटै साझा नीति बनाऔं ।’ कार्यक्रम क्लबका प्रदेश ५ प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार