महिला जेसीजको आयोजनामा साताव्यापी कार्यक्रम शुरु

बुटवल । बुटवल महिला जेसीजको आयोजनामा आइतबारदेखि सप्ताहव्यापी कार्यक्रम शुरु भएको छ ।
जेसीजले हरेक वर्ष आयोजना गर्ने कार्यक्रमहरू मध्ये यो वर्षको साताव्यापी कार्यक्रम महिला स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने रहेको छ । उक्त कार्यक्रममा देवदह मेडिकल कलेजले त्यहाँ कार्यरत डा. दिक्षा श्रेष्ठलाई महिलाहरूको स्वास्थ्य सम्बन्धी जानकारी प्रदान गर्नका लागि सहजकर्ताको रूपमा पठाएको छ । कार्यक्रमको पहिलो दिन साधना महिला विद्यालयमा जनचेतनाको कार्यक्रम राखिएको हो ।
कार्यक्रमको बारेमा जानकारी दिंदै साताव्यापी कार्यक्रमका मूल संयोजक अनुपमा श्रेष्ठले महिला जेसीजले सामाजिक उत्तरदायित्व बहन स्वरूप जनचेतना मूलक कार्यक्रम आयोजना गरेको बताउँदै आफूहरुको अभियानमा साथ दिन सबैलाई आग्रह गरिन् ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै जेसीजका राष्ट्रिय उपाध्यक्ष राजेन्द्र घिमिरेले महिला जेसीजको यो कार्यक्रमको प्रशंसा गर्दै जेसीजले प्रयोगमा ल्याएको ४ वटा अवसरमध्ये सामाजिक अवसरलाई भरपुर सदुपयोग गर्न महिला जेसीजलाई सुझाए ।
सो अवसरमा बोल्दै विद्यालयका अध्यक्ष सावित्रा अर्यालले महिला जेसीजले विद्यालयलाई छनोटमा पारी कार्यक्रम गरेकामा धन्यवाद दिइन् । कार्यक्रममा जेसीजका निवर्तमान अध्यक्ष रूपा पाण्डे, महिला जेसीजका जिल्ला अध्यक्ष राधिका पोख्रेल, महिला जेसीज २०१८ का महासचिव लक्ष्मी थापाको संचालन रहेको कार्यक्रममा रन्जीता चापागाईंले जेसीज आस्था पाठ गरेकी थिइन् । आइतबारदेखि शुरु भएको चेतनामूलक कार्यक्रम चरङ्गे मावि, साउन ३० गते सिद्धेश्वरी मावि, ३१ गते नयाँगाउँ मावि, १ गते नवीन औद्योगिक कदर बहादुर रिता माविमा सम्पन्न भई २ गते समापन समारोह हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार