दैनिक पत्र निरन्तर राष्ट्रिय स्तरको ‘क’ वर्गमा

बुटवल । २०७२÷७३ र २०७३÷७४ को पत्रपत्रिका वर्गीकरणको प्रतिवेदनअनुसार दैनिक पत्र दैनिक फेरि पनि राष्ट्रियस्तरको ‘क’ वर्गमा सूचीकृत भएको छ । पत्रपत्रिका वितरण सम्परीक्षण समितिबाट प्रेस काउन्सिल नेपालमा पेश भएको प्रतिवेदन अध्ययन एवं मूल्यांकनसमेतका आधारमा काउन्सिलले पत्रपत्रिकाको वर्गीकरण नतिजा सार्वजनिक गरेको हो ।
घोषित नतिजाअनुसार दैनिक पत्र दैनिक राष्ट्रियस्तरको ‘क’ वर्गमा सूचीकृत भएको छ भने जनसंघर्ष राष्ट्रियस्तरको ‘क’ वर्गको साप्ताहिकमा सूचीकृत भएको छ । दैनिक पत्र दैनिक र जनसंघर्ष साप्ताहिक लामो समयदेखि निरन्तर राष्ट्रियस्तरको ‘क’ वर्गमा सूचीकृत हुँदै आएका पत्रिका हुन् ।काउन्सिलका अनुसार आ.व. २०७२÷०७३ मा वर्गीकरणको लागि आवेदन गर्ने ९ सय १३ पत्रपत्रिकामध्ये ८ सय २६ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन् । हुबहु र न्यूनतम प्रकाशन अंक नपुग आदि कारणले ८७ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छैनन् ।
त्यस्तै आ.व. २०७३÷७४ मा आवेदन गर्ने ९ सय ५३ पत्रपत्रिकामध्ये ८ सय १६ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन् । हुबहु र न्यूनतम प्रकाशन अंक नपुग आदि कारणले १ सय ३७ पत्रपत्रिका वर्गीकरणमा समावेश नभएको काउन्सिलले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार