डिभाइडरमा वृक्षारोपण

बुटवल। लायन्स क्लब अफ बुटवल सिद्धबाबाले पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल खण्डमा वृक्षारोपण गरेको छ । तिलोत्तमा टोल विकास संंस्थाको सहकार्यमा क्लबले वृक्षारोपण गरेको हो ।
नेपालगंज रोडको संसद चोकदेखि अमरपथ जाने चोकसम्मको सडक डिभाइडरमा वृक्षारोपण गरिएको हो । लायन्स डिष्ट्रिक ३ सय २५ बिटुका गभर्नर सुनिल ओझाले बृक्षारोपण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै ओझाले सामाजिक विकास गर्ने उद्देश्यसहित स्वार्थभन्दा माथि सेवा भन्ने नाराका साथ लायन्सले बृक्षारोपणलाई प्राथमिकताको रूपमा लिएको बताए ।
सडक डिभाईडरमा २ वटा रिङ्गमा माटो राखी ३९ वटा बिरुवा बृक्षारोपण गरिएको छ । बृक्षारोपण गर्नु भन्दा पनि संरक्षणमा गर्नु चुनौतिपूर्ण रहेकाले स्थानीय समुदायबाट बिरुवा संरक्षण हुनुपर्ने बुटवल उपमहानगरपालिका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।
क्लबका अध्यक्ष गणेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वृक्षारोपण कार्यक्रमका संयोजक ठाकुर आचार्य, तिलोत्तमा टोल विकास संस्थाकी अध्यक्ष धनकला पौडेल, सिताराम रसायलीले वृक्षारोपणको महत्वबारे बोलेका

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार