व्यापार संघको टोली भारत भ्रमणमा

बुटवल। भारतको तामिलनाडुमा आयोजना हुन लागेको ग्लोवल एक्स्पो २०१८ मा सहभागी हुन रूपन्देही व्यापार संघको एक टोली भारततर्फ प्रस्थान गरेको छ ।
संघको तर्फबाट एक्स्पो अवलोकन गर्न जान लागेको टोलीलाई संघमा बुधवार एक कार्यक्रमको आयोजना गरि अध्यक्ष पदम श्रेष्ठ र निर्वमान अध्यक्ष मोलीलाल पाण्डेले विदाई गरेका थिए । सो अवसरमा बोल्ने वक्ताहरूले भ्रमणले नयाँ अनुभवहरू प्राप्त हुने र त्यसलाई नेपालमा प्रयोगमा ल्याउन सकिने हँुदा भ्रमण त्यसमा केन्द्रित हुनु पर्ने सुझाव दिएका थिए ।
यही साउन २७ गतेदेखि २९ गतेसम्म आयोजना हुन लागेको ग्लोबल एक्स्पोमा रूपन्देही व्यापार संघका मानार्थ सदस्य बैकुण्ठ प्रसाद कोइरालाको नेतृत्वमा ११ जनाको उद्योगि व्यवसायीहरू सहभागि हुन लागेको संघका कार्यालय सचिव सरोज पोखरेलले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार