मेहन्दी गाढा बनाउने तरिका

मेहन्दी लगाउनुअघि तेल लगाउनुपर्छ । मेहन्दीअघि लगाउने तेल बजारमा उपलब्ध हुन्छ ।
त्यस्तो तेल जुन भागमा मेहदी लगाउने हो, त्यही भागमा लगाएर मालिस गर्नुपर्छ । र, तेल सुकेपछि मात्र मेहदी लगाउनुपर्छ ।
मेहदी सुक्न लागेपछि चिनी र कागतीको रसको मिश्रण कपडाको सहायता लिई माथिबाट लगाउनुपर्छ ।
त्यो पनि सुकेपछि बिस्तारै उप्काएर फाल्नुपर्छ । र, हातमा तोरीको तेल लगाएर हल्का मसाज गर्दा राम्रो हुन्छ । यसो गर्नाले मेहदी गाढा हुने मात्र नभएर छोटो समयमा रङ उक्किएर जाने सम्भावना पनि निकै कम हुन्छ ।
मेहदी लगाउँदा केही कुरामा भने ध्यान दिनुपर्ने हुन्छ । छालासम्बन्धी एलर्जी भएमा मेहदी नलगाउँदै बेस हुन्छ । साथै, हातमा घाउ तथा चोट छ भने पनि लगाउनु हुँदैन । किनकि, मेहदीले संक्रमण बढाउने सम्भावना प्रबल हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार