नायिका मानन्धरको फेसन र फिटनेस

सुन्दर र सदाबहार नायिका को हुन् भनेर कसैलाई सोध्ने हो भने पहिलो करिश्मा मानन्धरको नाम पनि आउने गर्छ । करिश्माको सुन्दरताको रहस्य सन्तुलित भोजन तथा व्यायाम नै हो । प्राकृतिक रूपमै सुन्दर र सदाबहार नायिका करिश्माको रूपको जादु अहिले पनि उत्तिकै छ ।
फिटनेसः
करिश्मा आफूलाई फिट राख्ने मामिलामा एकदम अघि नै छिन् । उनलाई आफू स्वस्थ्य भइयो भने मात्र हरेक काम गर्न सकिन्छ भन्ने लाछ ।
उनी भन्छिन् कलाकारिता क्षेत्रमा फिट रहन निकै जरुरी छ । मोटो हुँदा कन्फिडेन्ट घट्ने र काम गर्न पनि असजिलो महशुस हुने हुँदा म फिट रहने कुरामा सँधै सजग रहन्छु ।
पहिरनः
नेपालको फेसनको स्तर दिनहुँ बदलिँदै गएको बताउने करिश्मा मौसम अनुसारका पहिरनमा सजिन रुचाउँछिन् । पार्टी तथा समारोहमा फेसन र नारित्व दुवै झल्कने पहिरनमा ठाँटिने कुरामा उनी निकै सचेत हुन्छिन् ।
मानन्धर साडी, लेहेंगा, क्याजुअल र फ्युजन सबै स्टाइलका पहिरनमा चिटिक्क भएर हिँड्छिन् । ब्रान्ड कन्सियस हुनैपर्छ भन्ने मान्यता नराख्ने करिश्मा ब्रान्डका पहिरन आरामदायक हुनुका साथै तिनले छुट्टै अनुभूति प्रदान गर्ने कुरा बताउँछिन् । तरंग उत्पन्न गर्ने रंगका पहिरनमा उनी खुब रमाउँछिन् । रोयल ब्लू, रेड पिंक, ब्ल्याक पहिरनले उनको मन छिट्टै तान्छ ।
मेकअपः
मेकअपमा उनको प्रमुख प्रसाधन सन प्रोटेक्सन हो । घरमा रहँदा होस् वा बाहिर जाँदा सामान्य मेकअपमा हिँड्नु उपयुक्त हुने करिश्मा बताउँछिन् ।
मानन्धर भन्छिन–कलाकारिता क्षेत्रमा जोडिएका प्रायस् व्यक्तिले क्यारलोन ब्रान्डका प्रसाधन प्रयोग गर्छन् र म पनि त्यही ब्रान्ड प्रयोग गर्न रुचाउँछु । यद्यपि म यही ब्रान्डको कस्मेटिक प्रोडक्ट लगाउँछु भन्ने छैन ।’ करिश्मा सबै प्रकारका लिपिस्टिक लगाउनुका साथै फेदर कट स्टाइलको केश राख्न रुचाउँछिन् । एसेसरिजका सन्दर्भमा उनले कानमा ज्वेलरी र घाँटीमा माला लगाउने गरेकी छिन् । नायिका मानन्धर मूल्यवान् धातुहरू मन परे पनि खासै लगाउँदिनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार