वीपी स्मृति दिवसमा काँग्रेस रूपन्देहीले वृक्षाराेपण गर्ने

बुटवल । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले जननायक वीपी कोइरालाको ३६ अाैं स्मृति दिवसकाे अवसरमा वृक्षाराेपण कार्यक्रम गर्ने भएकाे छ ।

विश्व प्रजातान्त्रिक समाजवादी आन्दोलनका महान नेता, नेपाली कांग्रेसका संस्थापक, जननायक बी.पी. कोइरालाको स्वर्गारोहण भएको दिन साउन ६ गतेलाई नेपाली कांग्रेसले हरेक वर्ष बी.पी. स्मृति दिवसका रुपमा मनाउँदै आएको छ ।

सोहि अवसरमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति रुपन्देहीकाे अायाेजनामा अाईतबार गैंडहवा गाँउपालिका वार्ड नं. ३ सग्रहवा (साबिक बिष्णुपुरा गाविस)मा वृक्षारोपण कार्यक्रम राखिएकाे काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिए ।

विहान १०:०० वजे देखि सुरु हुने कार्यक्रममा उपस्थितिका लागि पार्टीका हरेक तह र तप्का एवम् भातृ तथा शुभेच्छुक संस्थामा रहनुहुने कार्यकर्ता र शुभचिन्तकहरुलाई काँग्रेस रुपन्देहीले अाहवान गरेकाे छ ।
वीपी कोइरालाको स्मृति दिवसकाे अवसरमा नेपाली काँग्रेसकाे देशका सबै जिल्ला, क्षेत्र, नगर, गाउँ, वडा तहसम्म र भ्रातृ एवं शुभेच्छुक संस्था र विदेश स्थित जनसम्पर्क समितिहरुले सबैको सहभागितामा वृक्षारोपण, रक्तदान, सभा-गोष्ठी, र्याली, प्रशिक्षण लगायतका विविध रचनात्मक कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाउदै अाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार