न्यायमा पहुँच पु¥याउँन अभिमुखिकरण

बुटवल । गैडहवा गाँउपालिकामा स्थानीय तहका जनप्रतिनिधी, प्रहरी तथा मेलमिलापकर्तालाई न्यायिक समितिको न्यायिक अधिकार कार्यान्वयन सम्बन्धि १ दिने अभिमुखिकरण प्रदान गरिएको छ ।
विहिबार युके एड र सर्चफर कमन ग्राउण्डको सहकार्यमा कानुन अन्वेषण तथा स्रोत विकास केन्द«(सेर्लड) रुपन्देही र गैडहवा गाँउपालिकाको आयोजनामा भएको कार्यक्रममा सेर्लडका कानुन अधिकृत हेमा न्यौपानेले स्थानिय तहमा न्यायिक समितिको अधिकार क्षेत्र,विवाद निरुपणका तरीकाहरुका बारेमा जानकारी गराएकि थिइन् ।
यस्तै कार्यक्रममा बोल्दै सेर्लड रुपन्देही संयोजक राधा भट्टराईले न्यायिक समितिको न्यायिक अधिकार सुनिश्चित गर्नका लागि मेलमिलापले दुवै पक्षको हित हुने बताउदै संवैधानिक व्यवस्था अनुसार नगरपालिका उपप्रमुख र गाँउपालिका उपाध्यक्षको संयोजकत्वमा तिन सदस्यीय न्यायिक समिति गठन भई काम सम्पादन गर्दे आएका छन् जसको कारणले गर्दा स्थानीय तहमा न्याय सम्पादनमा सहज बनाएको र न्यायिक समिति सँगको सहकार्यमा सेलर्डले विभिन्न कामहरु गरिरहेको बताइन् ।
कार्यक्रममा गैडहवा गाँउपालिका अध्यक्ष बच्चुलाल केवटले योजनाका काम मात्र गर्नु विकास नभएर जनतालाई सर्वसुलभ ढङगबाट न्याय दिनु पनि विकासको प्रमुख आधार भएका बताउै जनताले न्यायको महशुस गर्न थाले भने विकासको काम सहज ढङगले अघि बढ्ने र यो कार्यक्रमले सबैको क्षमता वृद्वि गर्न सहज पुग्ने विश्वास व्यक्त गरे ।
सो कार्यक्रममा सहभागिहरुले स्थानीय तहमा विवाद निरुपण गर्दा कतिपय विषयहरुमा अन्यौलता आएको हुँदा काम गर्न सम्स्या भएको तर यो अभिमुखिकरण कार्यक्रमबाट भने काम गर्न सजिलो र नियम बारे स्पष्ट भएको बताए ।
न्यायिक समिति सदस्य शिव कसमार यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सञ्चालन सेलर्ड रुपन्देही प्रशिक्षक राजेश चौधरीले गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार