पूरा भएनन् आकाशे पुल

बुटवल । बेलहिया–भैरहवा–बुटवल सडक खण्डमा १० वटा आकाशे पुल निर्माण प्रक्रियामा रहेका पुल तोकिएको समयमा पूरा नहुने भएका छन् । प्राविधिक अध्ययन बिना नै निर्माण प्रक्रिया शुरु गरिँदा पुल निर्माणमा ढिलाई भएको हो ।
आउँदो असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी १५ महिनाको अवधिमा निर्माण पूरा गर्ने निर्माण कम्पनीले बताएको थियो । तर ४ आकाशे पुल मात्र यो आर्थिक वर्ष अन्त्यसम्ममा निर्माण भइसक्ने आयोजनाले जानकारी दिएको छ ।
२०७३ चैत्र २३ गतेबाट शुरु भएको निर्माण प्रक्रियामा रहेका आकाशे पुलको ४० प्रतिशत काम भएको आयोजनाका इन्जिनियर योगेन्द्र अधिकारीले जानकारी दिए । १२ करोड रूपैयाँ लागतमा २०७५ असार मसान्तसम्म सक्ने गरी सम्झौता भएपनि बीच बीचमा केही समस्या आएका कारणले केही समय ढिलो भएको आयोजनाले जनाएको छ ।

आयोजनाका इन्जिनियर गोबिन्द श्रेष्ठका अनुसार पुलका लागि आवश्यक पिलर सबै स्थानमा बनिसकेका छन् भने भूइँको जग बन्यो, माथि निस्कनको लागि ¥याम्प बन्दैछ । भ¥याङ्ग निर्माणको कार्य तीव्र्र गतिमा अगाडि बढिरहेको छ । हरेक पुलमा ३ भ¥याङ्ग आवश्यक रहेकोमा १ वटा सबैमा बनिसकेको उनले जानकारी दिए ।
४ पुल तयार हुने
बुटवल–बेलहिया सडक खण्डमा पर्ने ४ आकाशे पुल मात्र यो चालु आर्थिक वर्षमा पूरा हुने भएका छन् । चालु आर्थिक वर्षको मसान्तसम्म ड्राइभर टोल, कालिका स्कुल, मिलनचोक र चौराहाको आकाशे पुल निर्माण भइसक्ने इन्जिनियर श्रेष्ठले बताए । उनले भने–‘हामी सबै नयाँ भयौँ, निर्माण कम्पनीले पनि पुल बनाएको थियो आकाशे पुल बनाएको रहेनछ ।’
ड्राइभर टोलमाथि पुल निर्माणका लागि स्टक्चर थोरै भएको आयोजनाले जनाउँदै आकाशे पुलको काम काम मसिनो भएकोले समस्या भएको बताएको छ ।
आकाशे पुल निर्माणको लागि संरचना एकैपटक उठाउन नसकिने आयोजनाले जनाएको छ । २८ दिन ढलान राख्नुपर्ने आवश्यक रहेको इन्जिनियर श्रेष्ठले बताए ।
निर्माण कम्पनी महादेव, खिम्ती, एसियाटिक, महेश जेभीसँग सम्झौता भएको बताउँदै सम्पूर्ण (१० वटै) पुल निर्माणको लागि मंसिर मसान्तसम्म निर्माण भइसक्ने जानकारी दिए ।
६ महिना म्याद थपिने
बुटवल–बेलहिया सडक खण्डमा बनाइने १० पुल सबै निर्माणको लागि अझै बढीमा ६ महिना समय थप हुने आयोजनाले जनाएको छ । आयोजनाको लागत पूर्व तोकिएकै रकम हुने बताउँदै १२ करोड रूपैयाँ लागतमा नै निर्माण सकिने आयोजनाका इन्जिनियर श्रेष्ठले बताए ।
उनले भने–‘कुनैपनि आयोजनाको समय सीमा थप्न कारण देखाउनु पर्छ हामीसँग पनि बन्द हड्ताल, बर्षाको समय, पहिलो पटकको कार्यलगायतका कारणहरू छन् ।’
मापदण्डभन्दा अग्लो
बुटवल–बेलहिया सडक खण्डमा पर्ने आकाशे पुलहरू अन्तर्राष्ट्रिय मान्यताभन्दा अझै अग्लो हुने आयोजनाले जनाएको छ । सडक बिस्तारको कारणले पुलमा केही क्षति नहुने आयोजनाले जनाएको हो ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार आकाशे पुलको उचाई चार दशमलब ७५ मिटर उचाई रहेको बताउँदै इन्जिनियर श्रेष्ठले हाल बन्दै गरेको पुल ५ मिटर अग्लो हुने बताए ।
अपवादमा नआएसम्म पुलको कारणले केही समस्या नआउने बताउँदै आयोजनाले ५ मिटरभन्दा बढी उचाई भएको सवारी आएको खण्डमा सर्भिस रोडको प्रयोग गरिने जनाएको छ ।
बुटवल क्षेत्रमा ७ वटा र भैरहवा क्षेत्रमा ३ वटा गरी बेलहिया बुटवल सडकखण्डमा १० वटा आकाशे पुल निर्माण भइरहेका छन् । बुटवल क्षेत्रमा ड्राइभर टोलमा, योगिकुटीमा, होराइजन चोक र कालिका विद्यालयको बीचमा, राजमार्ग चौराहामा, मिलनचोकमा, बसपार्क र आन्तरिक राजश्व कार्यालयको बीचमा, र ट्राफिक चोकमा गरी ७ वटा आकाशे पुल निर्माण भइरहेका छन् भने भैरहवा क्षेत्रको बुद्ध चोक र बर्मेली टोलको बीचमा, देवकोटा चोकमा, आँखा अस्पताल र बसपार्कको बीचमा गरी ३ वटा पुल निर्माण प्रक्रियामा रहेका छन् ।
निर्माण भइरहेका आकाशे पुलको उचाई ५ मिटर, लम्बाई साढे २ मिटर र चौडाई ३० मिटरको हुनेछ । बनेका पुल अपाङ्गमैत्री पनि हुने आयोजनाले जनाएको छ । साथै पुलको दुवैतर्फ सोलार बत्ति जडान भइसकेको छ भने यात्रुहरूका लागि सन्देशमूलक सूचना प्रवाह गर्न लागि डिस्प्ले बोर्डसमेत लगाइसकिएको बेलहिया बुटवल ६ लेन व्यापारी मार्ग विस्तार आयोजनाका इन्जिनियर योगेन्द्र अधिकारीले जानकारी दिए ।
ग्रिन वेल्टबाट चढ्ने पुल
बुटवल–बेलहिया सडक खण्डमा बन्दै रहेका आकाशे पुलहरू अपाङ्गमैत्री हुन् । यी पुलहरूमा चढ्नको लागि सर्भिस लेन र मुख्य लेनको बीचको ग्रिन वेलबाट पुल चढ्न मिल्ने इन्जिनियर अधिकारीले जानकारी दिए । अपाङ्गता भएका व्यक्तिहरू तथा ह्वीलचियरमा बसेर पनि आकाशे पुलमार्फत सडक पार गर्न सकिने उनले जानकारी दिए ।बुटवल–बेलहिया सडक खण्डमा नाला सफाई र पानीको पाइप बिस्तार कार्य जारी रहेको छ । बुटवल तथा भैरहवा सडक छेऊमा रहेका नालीहरू सरसफाई भइरहेको छ भने सर्भिस रोडको साइडमा पाईप बिस्तार भइसकेको छ ।
बुटवल–बेलहिया सडक खण्डमा पर्ने साढे ३ किलोमिटरको दुवै पट्टी नयाँ विद्युतीय पोलहरू राख्ने भएको छ । सडकमा भएका तारहरू व्यवस्थापन सहित पोलहरू राखिने आयोजनाले जनाएको छ । विद्युतीय पोल बनाउने कम्पनीहरू थोरै मात्र भएको र अर्डरको माग पु¥याउन नसकेकोले केही समय ढिलाई भएको आयोजनाका इन्जिनियर अधिकारीले बताए । पोलहरू हरेक ४०–४० मिटरमा राख्ने आयोजनाले तयारी गरेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार