इनरव्हीलको पदस्थापन सम्पन्न

 झविन्द्र देवकोटा /बुटवल। इनरव्हील क्लव अफ बुटवलको १४ औं पद हस्तान्तरण तथा १५ औं पदस्थापन कार्यक्रमम बुटवलमा भएको छ ।

वर्ष सन् २०१७÷१८ का अध्यक्ष सन्जिला कसजुले वर्ष २०१८÷१९का अध्यक्ष मुना जोसिलाई पद हस्तान्तरण गर्नु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै डिष्ट्रिक सेकेटरी समिरा ध्वजुले महिलाको नेतृत्व विकास र सामाजिक रुपान्तरणमा क्लवले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।

यस्तै कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपमेयर गोमादेवी आचार्यले शिक्षा, स्वास्थ सँगसँगै महिला हक अधिकारका कुरामा राज्यले गर्न नसकेको काम गरेको भन्दै क्लवको प्रशंसा गर्नुभयो । कार्यक्रममा विश्व हिन्दु महासंघ बुटवलका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठ, बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उज्वल कसजु, रोटरी क्लव अफ बुटवलका अध्यक्ष नारायण पन्थ, क्वलका संस्थापक अध्यक्ष बसुन्धरा थैव, कार्यक्रम संयोजक बुलबुल श्रेष्ठ लगायतले आआफ्ना भनाई राख्नु भएको थियो ।

सोही कार्यक्रमको अवसर पारेर ईरादेवी थैवले एकल महिला अक्षयकोष ब्रिज नैन ट्रष्टका लागि एक लाख रुपैया सहयोग गर्नु भएको छ भने क्लवले १० जना विपन्न तथा असहायका लागि छात्रवृत्रि समेत प्रदान गरेको थियो ।

क्लवका सचिव माया भट्टराईको संचालनमा भएको कार्यक्रममा क्लवका पुर्व अध्यक्ष, सल्लाहकार तथा ईलेक्ट्रिक तालिमपछि रोजगारी पाएका ७ जना महिलाहरु र एक बर्षे कार्यकालमा सहयोग गर्ने ब्यक्ति तथा संघसस्थालाई समेत मायाको चिनो सहित अध्यक्ष सन्जिला कसुजुले सम्मान गर्नु भएको थियो ।

यसैबीच वर्ष सन् २०१८÷१९ का लागि मुना जोशिको अध्यक्षतामा नया समिति यस अघिनै चुनिएको थियो । जसको प्रथम उपाध्यक्षमा प्रमिला श्रेष्ठ, द्वितिय उपाध्यक्षमा शोभा जोशि, सचिवमा यमुना श्रेष्ठ र कोषाध्यक्षमा रुपा भण्डारी चयन हुनु भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार