खुद्रा व्यवसायीद्वारा छलफल

बुटवल । रूपन्देही खुद्रा किराना व्यवासयी संघले स्थानीय तहसँग मिलेर विभिन्न काम गर्ने योजना अगाडि सारेको छ ।
संघले गुणस्तरीय तथा व्यवसाय प्रवद्र्धनको गर्ने, प्लाष्टिक न्युनीकरण अभियान संचालन गर्ने , बजार तथा पार्किङ्गको व्यवस्थालाई ध्यान दिनेजस्ता विषय स्थानीय तहसँग काम गर्ने उद्देस्यले छलफल अभियान शुरु गरेको छ । जस अनुसार बुटवल वार्ड नम्बर ११ का वार्ड अध्यक्ष बिष्णुबहादुर थापासँग यी विषयमा सोमबार खुद्रा किराना व्यवसायी संघले छलफल गरेको हो । छलफलमा सहकारीको अवधारण पनि अगाडि सारिएको छ । कार्यक्रममा बोल्दै वार्ड अध्यक्ष थापाले खुद्रा किराना व्यवसायीहरूले लिएका अभियानहरूमा सकारात्मक रूपमा काम गर्न सहयोग गर्ने बताए । संघका अध्यक्ष गंगाधर न्यौपानेको अध्यक्षता भएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष ज्ञानप्रसाद न्यौपानले गरेका थिए । कार्यक्रममा संघका संस्थापक अध्यक्ष टिकाराम गैरे, पूर्व अध्यक्ष केशव कुंवर, यस्तै महासचिव कृष्णप्रसाद पाण्डे, कार्यसमिति सदस्य गोपाल कुमार प्रधानलगायत बोलेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार