सुठौली भन्सार नाकाको स्तरोन्नतिले उत्साह

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिकामा रहेको सुठौली भन्सार नाकालाई स्त्तरोउन्नति गरिएपछि व्यापारी दंग परेका छन् । सरकारले केही दिनअघि सुठौलीसहित देशका पाँच अन्य छोटी भन्सारलाई स्तरोउन्नति गर्ने निर्णय गरेका थियो । व्यस्त रूपन्देहीको बेलहिया नाकाले गर्दा मर्कामा परेका व्यापारीहरूलाई सुठौली नाकाले केही सहतजा थपेको तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले बताए ।
तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले बेलैहिया नाकाको चापले गर्दा व्यवसायीहरूलाई गाह्रो पर्ने गरेको बताउँछन् । उनले मालबाहक साधनको लामले गर्दा भन्सार गराउन पनि समय धेरै लाग्ने गरेको बताए । सुठौली भन्सार ठूलो भन्सारमा परिणत भएसँगै अब तौलिहवाका व्यापारी र सर्वसाधारणलाई समेत निकै फाइदा पुग्ने उनले विश्वास व्यक्त गरे । सुठौलीलाई ठूलो भन्सार नाकामा परिणत गर्न आफूले उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालय र मन्त्रालयमा लामो सययदेखि लबिङ र पलह थालेका उनले बताए । ‘अहिले यसले सार्थकता पाएको छ’ उनले भने । नेपालका लागि भारतका पूर्व राजदूत दीपकुमार उपाध्याय र बृजेशकुमार गुप्तालगायतका नेताहरूले यसका लागि लामो सयम देखि पहल गरेका थिए ।
सुठौली भन्सारको स्तोत्तरउन्नतिका लागि सरकारले लगातार ३ बर्ष जग्गा अधिग्रणका लागि रकम विनियोजित गरेको थियो । तर उपयुक्त जग्गा नभेटिएकाले रकम फिर्ता गएको थियो । त्यहाँ पनि उपयुक्त जग्गाको खोजी भइरहेको भन्सार प्रमुख पूण्य बिक्रम खड्काले बताए । उता पूर्वमन्त्री दीपकुमार उपाध्यायले कन्टेनरमा मालसामान ल्याउन कृष्णनग र नाका उपयुक्त हुने भए पनि जिल्लाको सुठौली नाका पर्यटीय नाकाका लागि उपयुक्त हुने बताए । ‘ अहिले ब्यस्त बेलैहिया नाका हँुदै नेपालमा पर्यटक भित्रिने गरेका छन् तर त्यसको विकल्पको रूपमा सुठौली नाका धेरै नै उत्तम हुन्छ ’ उनले भने । सबैभन्दा बढी सडक मार्ग हुँदै बेलहिया नाकाबाट नेपालमा पर्यटकहरू भित्रिने गरेका छन् । त्यसमध्ये बुद्धमार्गीहरू धेरै हुन्छन् । लुम्बिनी र प्राचीन कपिलवस्तुको अवलोनका लागि भारत हुँदै बेलहिका नाकाबाट पर्यटकहरू आउने गर्छन् । धेरै पर्यटकहरू कपिलवस्तु नआई उतै बाट फर्किने गरेका छन् ।
बाटोघाटो, प्रचारप्रसारको अभावले गर्दा प्राचीन कपिलवस्तुमा निकै कम पर्यटक आउने गरेका छन् । यस्तोमा सुठौली नाका बिस्तार भएको छ । अब त्यही नाकाबाट पर्यटकलाई छिराउन सकिए बेलहियामा चाप कम हुने र प्राचीन कपिलवस्तुको विकासमा समेत मद्दत मिल्ने पूर्व राजदूत उपाध्याय बताउँछन् । भारतले सीमा नाका खुनुवाम भन्सार संचालन गर्न तयार रहेको छ । सुठौलीको स्तोउन्नति हुँदा अब व्यापार र चहलपहल समेत बढ्ने उपाध्यायले बताए । उनले सुठौलीमा अध्यागमन कार्यालयको ईकाई संचालन गरिए जिल्लाको पर्यटकीय विकासले फड्को मार्ने बताए ।
बुद्धको क्रिडास्थल तिलौराकोट, कुदान, निगालीकोट, गोहिटहवा, सगरहवालगायत सय भन्दा बढी बुद्धस्थल कपिलवस्तुमा छन् । ‘३ वटा मानस बुद्ध रहेको जिल्लाको विकासका लागि सुठौली भन्सारको स्तरोउन्नति सकारात्मक कदम हो अब अध्यागमनको कार्यालय खोल्न आवश्यक छ’ उनले भने । सांसद तथा पूर्वमन्त्री बृजेशकुमार गुप्ताले सुठौली भन्सार कार्यालयको स्त्तरोउन्नतिका लागि गरेको पहलले बल्ल सार्थकता पाएको बताए । उनले अध्यागमन कार्यालयको स्थापनाका लागि आफूले पहल गरेको बताए । ‘सुठौली छोटी भन्सारबाट मासिक एक करोडको हाराहारीमा राजस्व उठ्ने गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार