बालअधिकार र बाल संरक्षणमा जोड

पाल्पा । जिल्ला बाल कल्याण समितिको नियमित बैठक जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको छ । समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जिल्लाका सबै बालबालिकाहरू बालअधिकार हनन्बाट पीडित हुन नहुने बताए । जिल्ला बाल कल्याण समिति, जिल्लामा बालबालिकाको क्षेत्रमा काम गर्ने गैरसरकारी संघसंस्थाहरू र विषयगत कार्यालयहरू बाल अधिकार संरक्षणमा लाग्नुपर्ने उनले बताए । आपूm त्यस्ता क्रियाकलापहरूमा सहयोग गर्ने उनले बताए । स्थानीय तहले बालसंरक्षणका क्षेत्रमा कार्यक्रमहरू संञ्चालन गर्दा बालअधिकार र संरक्षणको क्षेत्रमा पहिलो प्राथमिकता दिनु पर्ने प्रजिअ ढकालले बताए । बैठकले विभिन्न विषयहरूमा निर्णयसमेत गरेको जिल्ला बालकल्याण समितिले जनाएको छ । जिल्ला बाल कल्याण समिति र महिला तथा बालबालिका कार्यालयले बालवालिकाको क्षेत्रमा भए गरेका कामहरूको प्रतिवेदन महिला तथा बालबालिका कार्यालयका बाल संरक्षण निरीक्षक मनोज आचार्यले प्रस्तुत गरे । प्रगति प्रतिवेदन माथी छलफल गरी कार्यक्रमको समीक्षा गरिएको छ । समग्रमा कार्यक्रमहरू सन्तोषजनक रूपमा सम्पन्न भएको समीक्षा गरिएको छ । केही समयदेखि तानसेन आसपासमा मानसिक रूपमा अस्वस्थजस्तो देखिने आमा र वच्चाको सन्दर्भमा उसको घर ठेगाना खोजी गरी उद्दार गर्न समितिका पदाधिकारी, प्रहरी,सम्बन्धित स्थानीय तह, पत्रकार, मानवअधिकारकर्मीको सहयोगमा उद्दार गर्ने घटना अध्ययन गर्ने गरिएको जनाइएको छ । जिल्ला बालकल्याण समितिको आगामी कार्यक्रम सन्दर्भमा नेपाल सरकार र केन्द्रीय बाल कल्याण समितिले निर्दिष्ट गरे अनुसार हुने उनले बताए । जिल्ला बाल कल्याण समितिको भवन र जग्गाको सन्दर्भमा जग्गाको लालपूर्जाको खोजी गरी अन्य कामकारवाहीलाई अगाडि बढाउने साथै जिल्लाका बालबालिकाहरू कुनै पनि बाल अधिकारहरूबाट पीडित हुन नपरुन भन्ने र जिल्लामा सञ्चालित बालगृहहरू न्यूनतम मापदण्डहरू पूरा गरी महिला तथा बालबालिका कार्यालयमा सूचिकृत हुन समेत सबैमा जानकारी गराउने निर्णयसमेत गरिएको छ । केही समय अगाडि उद्दार गरिएका बालक शिव कुमालको सन्दर्भमा पुनः सोही अवस्थामा फर्कन नदिन सवै सरोकारवाला निकायहरूले समन्वय र सहकार्य गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार