ईनरह्वील क्वल अफ मिडटाउनको अध्यक्षमा राधा

बुटवल । ईनरव्हील क्लब अफ मिडटाउन बुटवलको नवौं पदहस्तान्तरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

क्लबका वर्ष २०१७÷१८ का अध्यक्ष रिता केशीले वर्ष २०१८÷१९ का अध्यक्ष राधा भट्टराईलाई ईनरव्हील माला लगाई दिएर पदहस्तान्तरण गरेकी हुन् ।

सो अवसरमा ईनरव्हील ३ सय ५० डिष्ट्रिक प्रेसिडेन्ट उषा क्षेत्रीले वर्ष २०१८÷१९ का अध्यक्ष राधा भट्टराईलाई सपथग्रहण गराएकी थिईन् भने अध्यक्ष भट्टराईले बोर्डका सदस्यहरुलाई सपथग्रहण गराएकी थिईन् ।


सो अवसरमा डिष्ट्रिक प्रेसिडेन्ट क्षेत्रीले ईनरव्हील क्लब अफ मिडटाउन बुटवलले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरिन् ।

सो अवसरमा वर्ष २०१७÷१८ की अध्यक्ष रिता केशीले आफ्नो कार्यकाल भर सहयोग पु¥याएका संघसंस्था तथा व्यक्तिहरुलाई मायांको चिनो प्रदान गरेकी थिईन् ।
कार्यक्रम क्लबका सचिव लक्ष्मी क्षेत्रीको संचालन तथा तारा श्रेष्ठको स्वागतमा भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार