कपिलवस्तुमा स्थानीय सरकारको प्रभाव

स्थानीय सरकार बनेपछिका एक वर्ष कपिलवस्तुका जनताका लागि कस्तो रहयो त ! भनेर हामी स्थलगत अवलोकन ग¥यौँ । जननिवार्चित नगर प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरू र सर्वसाधरण जनतासँग प्रत्यक्ष कुराकानी ग¥यौँ । यसबाट हामीलाई जानकारी भयो, पहाडी क्षेत्रमा स्थानीय सरकार बने यताको अवस्था र कपिलवस्तुमा देखापरेको अवस्थाका बारेमा निकै भिन्नता पाइयो । पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा र स्याङजाका स्थानीय सरकारहरू तीब्र गतिका साथ विकास र समृद्धिका आधारहरूको पहिचान गर्दै अगाडि बढीरहेको अवस्था देखियो । जनप्रतिनिधिहरूमा विकास प्रतिको दृढ अठोट देखियो भने आम जनतामा पनि अब कसरी समृद्ध गाउँ बन्न सक्छ भन्ने विषयमा आपसी बहस, चर्चा र स्थानीय भौगोलिक विशेषता अनुसार अगाडि बढ्न खोजेको आभाष पाइयो ।
जब हामी नेपालकै सन्दर्भमा अत्यन्तै सम्वेदनशील क्षेत्र मानिने कपिलवस्तुको यशोधरा गाउँपालिका, बिजयनगर गाउँपालिका, मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिका, महाराजगञ्ज नगरपालिका, शिवराज नगरपालिका, वाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका (तौलिहवा), बुद्धभूमि नगरपालिका, कृष्णनगर नगरपालिकाले ओगटेका विभिन्न ठाउँहरूको अवलोकन र अध्ययन गर्दा पूर्व पश्चिम राजमार्गसँग जोडिएका नगरपालिका तथा गाँउपालिकाहरूमा विकासको लहर आएको देखियो भने नेपाल–भारत सीमासँग जोडिएका नगरपालिका तथा गाँउपालिकाहरूमा विकास प्रतिको जनचासो कम देखियो । जनप्रतिनिधिहरूमा विकासका लागि प्रतिबद्धता देखिए तापनि जनस्तरमा स्थानीय सरकारका बारेमा एथेष्ट जानकारी र चेतनाको कमी रहेको पाईयो ।
शिक्षा र चेतनाको कमी, चरम पछौटे चिन्तन, राजनीतिक चेतनाको अभाव, परम्परागत गलत मानसिकताबाट माथि उठ्न नसकेका ग्रामीण बस्तीमा समृद्धि र विकासको परिभाषा बुझ्न र बुझाउन नसकेको अवस्था देखियो । राज्यको उपस्थिति नै नभएका कतिपय ग्रामीणवस्तीहरू कपिलवस्तुमा भेटिए ।
आफ्नो जिल्ला आफ्नो गाउँपालिका, नगरपालिका, वडा र गाउँको विकासमा अपनत्वको कमी, द्वैध मानसिकता, श्रमप्रतिको लगाव भन्दा पनि विशेष गरी सीमा क्षेत्रमा विचौलिया प्रवृति हावी, सुरक्षाको समस्या, साना तिना विषयमा पनि बढी खिचिलो र विवाद उत्पन्न हुने जस्ता कुरा स्थानीय सरकारका लागि चुनौतिको रूपमा रहेको पाइयो ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको स्थलगत अवलोकन गर्दा त्यसलाई के आधारमा नगरपालिका घोषणा गरियो ? हामी आफै अन्योलमा प¥यौँ । जहाँ जनसंख्याको मापदण्ड बाहेक अरू कुनै विकासका पूर्वाधार देखिदैन । महाराजगञ्ज नगरपालिका जस्ता ठाउँहरूलाई पनि नगरपालिका घोषणा गरिएको रहेछ भन्ने जानकारी पनि हामीले प्राप्त ग¥यौँ । जहाँ शिक्षा, स्वास्थ्य, सञ्चार लगायत जनताका आधारभूत आवश्यकता परिपूर्तिका लागि पनि सामान्य पहुँचको अभाव देखियो ।
कपिलवस्तुको विजयनगर गाँउपालिकाका अध्यक्ष गोपाल थापाले आफुले नेतृत्व गरिरहेको विजयनगर गाँउपालिका नेपालकै पिछडिएको र विकास हुन नसकेको गाँउपालिका भएकाले जे काम गरेपनि नयाँ अवसर र चुनौतिको रूपमा रहेको बताउनु भयो । नेपाल भारतको सीमा क्षेत्रसँग जोडिएको गाँउपालिका भएकाले दोहोरो सम्बन्धका कारण यस गाँउपालिकाका धेरैजसो जनसमुदायलाई अपनत्वको अनुभूति गराउन नसकिएको उहाँले बताउनु भयो ।
संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित नयाँ संविधान बनेपछि स्थानीय निर्वाचनका माध्यमबाट स्थानीय सरकारको नयाँ अवधारणाले ग्रमीण क्षेत्रमा विकासको पहँुचमा वृद्धि भएको र जनतामा क्रमशः आशा पलाउदै गएको बताउनु भयो ।
त्यस्तै गरी जनसंख्या बाहेक नगरपालिकाका लागि अरू कुनै इन्डिकेटर नदेखिएको महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुलकलाम खाँले हामी सँगको अन्तरसंवादमा–स्थानीय सरकारको नेतृत्वमा आएपछि जनताका आधारभूत समस्याको पहिचान गर्दै अगाडि बढेको बताउनु भयो । नेपालको तराई मधेस क्षेत्रको संवेदनशील र विपन्न नगरपालिकाको रूपमा रहेको महाराजगञ्जलाई पाँच वर्षमा आधारभूत रूपमा विकासमा तिव्रता ल्याउने बताउनुभयो ।
शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले स्थानीय सरकार बनेको एक वर्षमा शिवराज नगरपालिकामा विशेषतः सडक र समृद्धिका विभिन्न आधारहरूलाई पहिचान गरी तीव्र गतिमा योजनाबद्ध विकास हुन थालेको र जनतामा उत्साहको लहर आएको बताउनु भयो ।
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले यो नगरपालिकामा अनेकौँ ऐतिहासिक एवम् पुरातात्विक स्थलहरू रहेकाले योजनाबद्ध विकासको प्रयासले छोटो समयमा नै प्रभाव देखिने बताउनुभयो ।
बुद्धभूमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले स्थानीय सरकारका एकवर्ष निकै फलदायी र उत्साहजनक रहेको बताउदै गाँउका टोल–टोलमा विकास पुग्न थालेको बताउनु भयो ।
यशोधरा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बनारसी प्रसाद हरिजनले स्थानीय सरकार बनेपछि आफ्नो गाँउ र टोलको विकास गर्नमा स्थानीय जनताको चासो बढेको बताउनुभयो ।
मायादेवी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले यस क्षेत्रको ऐतिहासिक महत्वलाई विश्वमा चिनाउने र स्थानीय जनतालाई विकासमा सहभागी बनाउन सकेमा यो गाँउपालिकाले छिट्टै समृद्धि प्राप्त गर्ने बताउनुभयो ।
शुद्धोधन गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद पोखरेलले स्थानीय सरकार बनेपछि योजनाबद्ध रूपमा विकासको थालनी भएको बताउनुभयो ।
कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालले कृष्णनगरमा विकासका अनेकौँ सम्भावना भएर पनि जनस्तरमा शिक्षा र जनचेतनाको कमिका कारण विकासले तीब्र गति लिन नसकेको बताउनुभयो ।
कपिलवस्तु जिल्लाका नगर तथा गाँउ वस्तीहरूको स्थलगत अवलोकन गर्दा स्थानीय सरकार बने यता सापेक्षित रूपमा विकासले नयाँ गति लिएको भएतापनि पहाडि क्षेत्रमा जस्तो विकास निर्माणका लागि तुलनात्मक रूपमा कार्यान्वयनमा कमि देखियो । स्थानीय सरकारमा कति अधिकार छ भन्ने कुरा नै धेरैलाई थाहा नभएको पाईयो । यसका लागि जनस्तरमै चेतना भर्नुपर्ने महशुुस भयो । आधारभूत जनतामा के–कस्तो गरिबीको अवस्था छ ? चेतनाको स्तर कति पछौटे छ ? सरकारको पहुँच आधारभूत जनताका बिचमा अझै कति पुग्न बाँकी रहेछ भन्ने कुरा कपिलवस्तुका ग्रामीण क्षेत्रको अवलोकन र अध्ययनबाट स्पष्ट बुझ्न सकिन्छ । देशको तराई मधेश क्षेत्रको पछौटेपन र गरिबीको अध्ययन गर्नुप¥यो भने कपिलवस्तुका ग्रामीण क्षेत्रमा पुग्नुपर्छ ।
मानवीय सभ्यताको प्राचीन इतिहास, पुरातात्विक, सांस्कृतिक र ऐतिहासिक स्थलको अध्ययन अनुसन्धान र भविष्यको समृद्धिको आधार खोज्न पनि कपिलवस्तु नै पुग्नुपर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार