काजुले नियन्त्रण गर्छ कोलस्ट्रोल

नियमित काजु खानाले कोलस्ट्रोल नियन्त्रण हुुनुका साथै मुटु स्वस्थ रहने चिकित्सकहरूको भनाइ छ । काजु नियमित खाँदा शरीरमा शक्ति प्राप्त हुनुको साथै रोगप्रतिरोधात्क क्षमता पनि बढ्ने गर्छ ।

जानौं काजु खानुका फाइदा :
स्वास्थ्यमा लाभ:
काजु खानाले मानिसको तौल बढ्ने आम मानिसको धारणा छ । तर, त्यो गलत धारणा हो । काजुले तौल घटाउन मद्दत गर्छ ।
भिटामिन ‘ई’ ले भरिपूर्ण काजुको तेल सौन्दर्य प्रशोधनका लागि पनि प्रयोग गरिन्छ । यदि घामले छाला डेढेको भए पनि काजुले ठिक गर्छ ।
शरीरलाई शक्ति:
काजुलाई उर्जाको एक राम्रो स्रोत मानिन्छ । काजुको सेवनले शरीरमा केही नोक्सानी हुँदैन तर धेरै काजुको सेवन गर्नु भने हुँदैन । यदि तपाईंको मुड खराब भए २–३ वटा काजु खाए मुड ठिक हुन्छ ।
प्रोटिनको स्रोत:
काजुमा प्रोटिन अधिक मात्रामा हुन्छ । त्यसैले काजु खानाले कपाल र छाला स्वस्थ र सुन्दर हुन्छ । कोलस्ट्रोल कन्ट्रोल काजुले कोलस्ट्रोल नियन्त्रण गर्छ । यसमा प्रोटिन धेरै हुन्छ र छिटो पच्छ । काजु आइरनको राम्रो स्रोत हो । त्यसैले रगतको कमी भए काजु खान सकिन्छ ।
स्मरण शक्ति बढाउँछः
काजु भिटाभिन बीको खजना हो । खाली पेट काजु खानाले स्मरण शक्ति बढ्छ । साथै काजु खानाले रक्तचाप पनि नियन्त्रणमा रहन्छ ।
हडड्ीलाई बलियो बनाउँछ:
काजुमा प्रोटिन अधिक हुने भएकाले हड्डीलाई बलियो बनाउँछ । काजुमा रहेको मोनो सेच्युरेटड फ्याटले स्वास्थ राख्छ र मुटु रोगको खतरालाई कम गर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार