सवारी जाँच गर्न सडकमा ट्राफिक र यातायात ब्यवस्था कार्यालयका कर्मचारी

दशरथ घिमिरे/ देउखुरी । सडकमा सवारी जाँच गर्न ट्राफिक प्रहरी मात्रै खटिने गरेका थिए । पूर्व पश्चिम राजमार्गमा भने फरक दृश्य देखियो । सवारी जाँचमा ट्राफिक प्रहरी संगै यातायात ब्यवस्था कार्यालयका कर्मचारी पनि खटिएका थिए । यातायात व्यवस्था कार्यालयबाट जारि भएको सवारी चालक अनुमति पत्र, विलवुक, जाँच पास, रुपपरमिटको प्रमाण ट्राफिक र यातायात व्यवस्थाका कर्मचारीले हेर्दै थिए । यसरी संयुक्त रुपमा सवारी जाँच अभियान थालिएपछि सवारी चालक सहित सरोकारवालन निकायले सकारात्मक रुपमा लियका छन् । आईतबार लमही नजिक पद्मिनी खोला र सिसहनियाँमा संयुक्त जाँच गरिएको हो ।

‘यस अघि ट्राफिक मात्रै सवारी जाँच गर्न खटिएको देखेको थिएँ तर, राजमार्गमा भएको जाँचमा ट्राफिक प्रहरी सहित यातायातका कर्मचारी हुनुहुन्थ्यो’लमही निवासी राजेन्द्र अधिकारीले भन्नुभयो–‘सवारी जाँचको संगै सवारी चालक र परिचालकहरुलाई ऐन, नियम र नयाँ अनलाईन प्रणालिको वारेमा जानकारी दिन अभियान थाल्नुपर्छ, संयुक्त जाँचलाई नियमित रुपमा सञ्चालन गर्नुपर्छ ।’ सरकारले २० वर्षे पुराना गाडि सञ्चालनमा रोक लगाएपछि पुराना गाडिको खोजि संगै नियम विपरित चलेका सवारी साधनलाई नियमन गर्न संयुक्त सवारी जाँच अभियान थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मदन कुवरले जानकारी दिनुभयो ।‘नागरिकमा सवारी जाँच गर्ने काम ट्राफिकको मात्रै हो भन्ने बुझाई छ । तर, ट्राफिक प्रहरीको काम मात्रै होईन, यातायात कार्यालय पनि यसमा जोडिने भएकाले हामिले संयुक्त जाँच अभियान थालेका हौं’कुवरले भन्नुभयो–‘संयुक्त जाँचको क्रममा कागज पत्र नवोकेर सवारी साधन चलाउने, लाईसन्स नभएको, विलवुक फेल भएको जस्ता सवारी साधन फेला परेका छौं । ति सवारी साधन चालकलाई कारवाही गरेका छौं ।’

सवारी साधनको स्वरुप विगारेर चलाउने गरिएको पाइएको छ ।‘सवारी साधनको स्वरुप विगारेर चलाउन पाईदैन्, त्यस्ता सवारी साधन पनि नियन्त्रणमा लियका छौं’ट्राफिक प्रहरी प्रमुख कुवरले भन्नुभयो–‘सिट क्षमता भन्दा बढि यात्रु राख्ने, निजि सवारी साधनमा यात्रु वोक्ने सवारी साधनलाई पनि निगरानीमा राखेका छौं ।’ यातायात व्यवस्था कार्यालय तुलसीपुरका लाईसन्स विभागमा कार्यरत शान्तराज गौतमका अनुसार अव संयुक्त सवारी जाँच अभियानलाई निरन्तरता पाउने छ ।‘सवारी जाँच गर्ने यातायात ब्यवस्था कार्यालयको पनि दायित्व हो । सोहि वमोजिम ट्राफिक प्रहरी र हामि मिलेर संयुक्त जाँच थालेका हौं’उहाँले भन्नुभयो–‘सवारी ऐन, नियमको वारेमा पनि जनचेतना फैलाउने उद्देश्य स्वरुप यो अभियान चलेको छ ।’

यातायाता ब्यवस्था कार्यालयका गौतम सहित रेश्मीराज अधिकारी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मदन कुवर, अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख विष्णुबहादुर केसी सहितको टोली सवारी जाँचमा खटिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार