आर्थिक समृद्धिको अभियानमा कृषक

घनश्याम पौडेल/ सन्धिखर्क । असार महिनाको समय, दिउँसोको टण्टलापुर घाम, बारीमा मकै उकेरो हाल्ने समय, खेतमा रोपाई चलिरहेको बेला । कृषकहरुको व्यस्तताको समय थियो, तर खेत र बारीको कामलाई छोडेर दिउँसो दुई बजेको टण्टलापुर घाममा हरीयो साडि र रातो बुलजमा सजिएका महिला बिहेमा जन्त जाने जस्तै चिटिक्क परेर बैठकको छलफलमा बसेका थिए । उनीहरू आफ्नो अनुशासनमा रही समुहको पोशाकमा आफुले जानेको कुरा एक अर्कालाई सिकाउँदै थिए ।
सगरमाथा कृषक बाख्रापालन समूह मालारानी ५ वाँगीका महिला कृषकहरु । साविकको वागीँ गाविसबाट पछाडी परेको क्षेत्र । उनीहरु कसरी आर्थिक समृद्धिको बाटोमा लाग्न सकीन्छ, भनेर जिल्ला पशु सेवा कार्यालयको ढोकासम्म आए । उनीहरु ढोकामा आएर रित्तो हात फर्केनन्, कृषक पाठशाला कार्यक्रम लिएर गाउँ फर्के । जिल्ला पशु सेवा कार्यालयको सहयोगले आर्थिक समृद्धिको बाटोमा लागी आम्दानी गर्न थालेको समुहकी सचिव प्रमिला खड्काले बताईन ।
समुहकी अध्यक्ष कमला खड्का भन्छीन्, हामीहरु प्रत्येक महिना बैठक बसेर कृषकहरुका गुनासा छलफल गछौं, समस्या परे समाधान गछौं । उनले कार्यक्रम नआउँदा सम्म जुकाको औषधी नपाईने बताईन । गाउँमा प्राविधिक थिएनन्, बाख्रो विरामी भए मृत्यु हुन्थ्यो, अहिले महिना महिनामा औषधी खुवाँउछौ, आधुनिक पशुपालनबाट पहिले भन्दा २५ गुणा मासु वृद्धि भएको पनी उनले बताईन । उनले बाख्राहरुको विमा भएको बताउँदै मृत्यु भए पनी कृषक घाटाँमा नजाने बताउँदै गरे महिला चुलोचौकौमै बस्नु नपर्ने बताईन । परम्परागत तरिका भन्दा आधुनिक तरिका सवै कृषकले अपनाएको जानकारी दिईन । उनले परम्परागत तरिकामा बाख्राहरु रोगि हुने उपचारको अभावमा मृत्यु हुने भएपनी आजभोली सुधार भएको बताउँदै बाख्रापालनका लागी क्षान सीप प्राप्त भएको बताईन ।
जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. लोकनाथ पौडेलले समुहका २७ जना सहस्यहरुलाई १२ पटक तालिम दिएको, उन्नत जातको घासँको विउँ वितरण, गोठ सुधारका लागि प्रति कृषक ५ हजार नगद, निशुल्क खोप, प्रजिवि नियन्त्रण लगाएतका कृषकलाई पर्ने समस्यामा सहयोग गरेको बताए । २७ जना समुहका सदस्य सँग ३०० वाख्रापालन गरेका छन । उनीहरु घर खर्च चलाउँनका लागी श्रीमानको मुख ताक्नु नपरेको बताउँछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार