सरावल गाउँपालिका पुर्ण खोप घोषणा

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकालाई स्थानिय तहहरुमध्ये जिल्लामै पहिलो पुर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको छ ।

गाउँपालिका क्षेत्र भित्र रहेको १६ महिना देखी २३ महिना सम्मका बालबालीकाले नियमित खोप प्राप्त गरेको आधारमा जिल्लामै पहिलो पटक स्थानिय तहहरु मध्ये सरावल गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

जसबाट आगामी दिनमा स्वास्थ्य क्षेत्रमा सरावल गाउँपालिका अग्रस्थानमा रहन फाईदा पुग्ने गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो ।

नेपाल सरकारले तोके बमोजीमको खोपहरु खोप क्लीकहरु मार्फत सबै बालबालीकालाई खोप सेवा प्रवाह गरि खोप सुनिश्तिता घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले जानकारी दिनुभयो ।

नेपाल सरकारले निर्धारण गरेको बिभिन्न खोप समयमै सम्बन्धी बालबालीकाले प्राप्त गरेकाले सरावल गाउँपालिकालाई पुर्ण खोप सुनिश्तिता घोषणा गरिएको स्वास्थ्य शाखाका खोप फोकलपर्शन बाबुराम तिमिल्सीनाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार