शिवराजको न्यायिक समिति वाट ३५ वटा मुद्धा फैसला

माधव बेल्वासे/ कपिलवस्तु(चन्द्रौटा) । शिवराज नगरपालिकाको न्यायिक समितिमा करिव एक वर्षको अवधिमा ५५ वटा मुद्धा दर्ता भएको समितिका संयोजक शिवकुमारी चौधरीले वताइन ।नगरभित्र रहेका विवाद, हिंसाबाट पीडितहरूले न्याय पाउन नसकेको एवं कानुनी प्रक्रिया खर्चिलो र झन्झटिलो हुने भएकाले स्थानीय सरकारले पाएको अधिकार वमोजिक शिवराज नगरपालिकामा पनि न्यायिक समिति गठन गरी उपप्रमुखको संयोजक्तवमा काम भइरहेको छ ।समितिमा परेका ५५ वटा मुद्धा मध्ये ३५ वटा मुद्धाको निर्णय गरी फैसला भइसकेको संयोजक तथा उपप्रमुख चौधरीले वताइन ।त्यस्तै १० वटा मुद्धा प्रकृयामा रहेको,५ वटा मेलमेलापमा पठाएको,४ वटा मिलापत्र भएको र १ वटा अदालमा गएको वताइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४, परिछेद ८, दफा ४७ को उपदफा १ अनुसार न्यायिक समितिको विवाद निरुपण गर्ने अधिकार क्षेत्रभित्रका विषयवस्तुमा उल्लेख भए वमोजिमाका मुद्धाहरु दर्ता भएको चौधरीले वताइन । मधेश समुदायको वाहुल्यता रहेको ठाउमा अधिकांश विवाद हुने गएको र सो ठाउका मुद्धाहरु धेरै आएको वताइन । चौधरीले भनिन“यस नगरपालिका भित्र अहिले सम्म ५५ वटा मुद्धा आए अधिकांश जग्गा सम्वन्धि रहेका छन” ।
गाउघरमा धेरै विवाद हुने भएकोले कतिपय विवादलाई मैखिक रुपमा समेत मिलापत्र गरेको उनले वताइन । सामान्य झै झगडामा भएको ठाउमा आफै पुगेर मिलापत्र गरेको चौधरीले जनाइन ।पिडितलाई न्याय दिलाउने र पिडकलाई कारवार्हि गर्ने उद्देश्य स्वरुपमा निस्पक्ष ढङगवाट निर्णयहरु गरेको वताइन । समितिमा मुद्धा परेको छ भने सम्वन्धित सरकारी निकाय पत्रकार वुद्धीजिविहरुको रहोवरमा स्थलगत अनुगमन गरेर फैसला गर्ने गरेको समेत उनले जनाइन ।नगरवासीहरुको हक हितको निर्णय गर्ने उल्लेख गर्दै पिडितलाई जसरी भएपनि न्याय दिलाउने अडान राखिन ।उपप्रमुख चौधरीले आफ्नो गाउँठाउमा रहेका समस्या र तथा अन्यायमा परेका जो कहिले पनि सिधै सम्पर्क गर्न सक्ने र त्यसलाई न्याय दिलाउने प्रतिवद्धता जनाइन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार