झण्डै नौँ हजार घरपरिवार पिउने पानीको पहुँचबाहिर

बुद्धिमान पुन/ सल्यान। सल्यानका उच्च क्षेत्रमा रहेका वस्तीहरुमा खानेपानीको अभाव भएको छ । पानीका मुहान सुक्नथालेपछि ती बस्तीहरुमा पानीको अभाब भएको हो । अहिले सल्यानका सल्लीबजार, चाँदे, लेखपोखरा, कारागिठी, निगालचुलाँ, लक्ष्मीपुर, माल्नेटा लगाएतका गाँउहरुमा खानेपानीको अभाव भएको छ । गर्मी बढेसंगै पानीका मुहानहरु सुक्दै गएपछि खानेपानीको अभाव भएको शारदा नगरपालिका १४ माल्नेटाकी चन्दाबती बुढाथोकीले बताए ।

अहिले यहाँका स्थानियको दैनिकि खानेपानीको जोहो गर्दैमा बित्ने गरेको छ । मानिसलाई मात्रै नभएर गाईबस्तुलाई समेत बोकेर पानी खुवाउनु पर्ने बाध्यता रहेको सिद्धकुमाख गाउपालिका ४ खार्बनका ससिराम चलाउनेले बताए । उनले गाँउमा नै खानेपानीको मुहान नहुदाँ २ घण्टा बढी हिडेर पानी बोकेर ल्याउनु पर्ने बाध्यता रहेको बताए ।

अहिले सल्यानमा साना ठूला गरि ९ सय ३० बढी खानेपानीका आयोजना रहेका छन् । तर खानेपानीको आयोजना सम्पन्न भए पछि त्यसको निरिक्षण तथा मर्मतमा सरोकारवाला निकायहरुले ध्यान नदिदा ती आयोजना अस्तब्यस्त बन्ने गरेका छन् । आयोजना स्थल संरक्षणको अभाबकाकारण पनि पानीको अभाबभएका बन्गाडकुपिण्डे नगरपालिका १ सल्लीबजारका बिरबहादुर नेपालीले बताए ।

सल्यानमा अहिले झण्डै ४७ हजार घरपरिवार रहेका छन् । जसमध्ये अझै नौँ हजार घरपरिवार शुद्ध पिउने पानीको पहुँचबाहिर रहेका छन् । अहिले पानीको सहजआपूर्तीको लागी बृह्त खानेपानीका आयोजना सञ्चालन गरिरहेको जिल्ला खानेपानीतथा सरसफाई डिभिजन प्रमुख गुणनिधि पोख्रेलले बताए । पहिले पनि यहाँ धेरै आयोेजना सञ्चालन नभएका होईनन् तर यहाँ ब्यबस्थित रुपमा सञ्चालन गरिको थिएन, केहीका काम अधुरा छन्, केही आयोजना जिर्ण अबस्थामा छन् उनले भने । उनले अब जिल्लामा रहेका दश वटै स्थानिय तहहरु संग सहकार्य गरेर काम गर्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार