सात सय बढीले सिरिञ्ज मार्फत् लागु औषध प्रयोग

दाङ । दाङमा सात सय बढीले सिरिञ्ज मार्फत् लागुऔषध प्रयोग गर्ने गरेको तथ्यांक सार्बजनिक भएको छ । परिबर्तन समुहले एक कार्यक्रमको आयोजना गरेर सात सय ३२ जनाले सिरिञ्ज मार्फत् लागुऔषध प्रयोग गर्ने गरेको तथ्यांक सार्बजनिक गरेको हो । सिरिञ्जद्धारा लागु औषध प्रयोग गर्नेको संख्या तीन सय ९६ जना निगरानीमा रहेको परिबर्तन समुहले जनाएको छ । उनीहरुमध्ये एक सय ७३ जनामा एचआईभी परिक्षण गरिएको परिर्बतन समुह दाङका कार्यक्रम संयोजक प्रेमनारायण बिकले जानकारी दिएका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, जिल्ला जनस्वास्थ्य कार्यालय दाङका निमित्त प्रकाश योगी, घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती, जिल्ला जनस्वास्थ्य कार्यालयका हेल्थ असिसटेन्ट कुन्दन ठाकुरलगायतले लागुऔषध प्रयोग गर्ने युवाको संख्या बढ्दै गइरहेको भन्दै यसको कमी ल्याउन सरोकारवाला सबैको भुमिका महत्वपूर्ण हुने बताएका थिए । कार्यक्रममा नयाँ जीबन पुनःस्थापना केन्द्रका सञ्चालक सरोज बानियाँले लागुऔषध दुव्र्यसनीमा कमी ल्याउन अभिभावकले आफ्ना बालबालिकाप्रति निगरानी बढाउनुपर्ने बताए । सेभ द चिल्ड्रेनको सहयोग तथा परिबर्तन समुहको आयोजनामा कार्यक्रम भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार