विश्वकप फुटबलः मंगलबार के-के भयोः हेर्नुस् पुर्णपाठ,

world cup

बुटवल । इजिप्टलाई ३–१ गोल अन्तरले हराएसँगै आयोजकरुस फिफा विश्वकपको नकआउट चरणको नजिक पुगेको छ । गयराति भएको दोस्रो खेलमा इजिप्टमाथि जित हात पारेपछि रुसले समूहमा ६ अंक बनाएको छ । पहिलो खेलमा उरुग्वेसँग पराजित भएको इजिप्ट वाहिरिने सम्भावना बढेको छ । आज हुने खेलमा साउदी अरेबियाले उरुग्वेविरुद्धको खेलमा जित निकाल्न नसकेको खण्डमा इजिप्ट बाहिरिने छ भने रुस प्रिक्वार्टर फाइनलमा पुग्नेछ ।

यस्तैसमूह एच अन्तरगतको खेलमा कोलम्बियालाई जापानले २–१ ले हराएको छ । यसका साथै विश्वकप इतिहासमा दक्षिण अमेरिकी राष्ट्रलाई हराउने जापान पहिलो एसियाली देश बनेको छ ।

त्यसैगरी समूह एचकै अर्काे खेलमा सेनेगलले पोल्याण्डलाई हराउँदै विश्वकपमा शानदार सुरुवात गरेको छ । सेनेगलले पोल्याण्डलाई २–१ गोलले हराएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार