बिउबिजन बजारीकरण शृङ्खला विकास गोष्ठी

बुटवल । कृषि उद्यम केन्द्र काठमाडौंको आयोजना र किसानको लागि उन्नत विउ विजन कार्यक्रमको समन्यनमा विउ बिजन बजारीकरण श्रृंखला विकास गोष्ठी बुटवलमा सम्पन भएको छ ।
किसानको लागि उन्नत बिउ विजन कार्यक्रम संचालन भएका ६ जिल्लाहरूका उद्योग वाणिज्य संघका प्रतिनिधि, मासु व्यवसायी र एग्रोभेट संचालकले किसानलाई प्रत्यक्ष बजार क्षेत्र विस्तार गर्न सहयोग पु¥याउने उद्देश्यले गोष्ठीको आयोजना गरिएको हो । पशुबाट मानिसमा ७० प्रतिशत रोग सर्ने भएकोले किसान तथा मासु व्यवसायीले ध्यान दिनु पर्ने बताए ।
उद्घाटनमा बोल्दै कृषि उद्यम केन्द्रका निर्देशन डा.पराजुलीले किसानलाई व्यावसायिक बनाउँदा मासु व्यावसायी र एग्रोभेट संचालक सबैको कारोबारमा वृद्धि हुने बताए । उनले प्रतिस्पर्धामा व्यावसायलाई टिकाउन र मुनाफा आर्जन गर्नको लागि उपभोक्ताको सन्तुष्टिलाई विशेष ध्यान दिनु पर्ने बताए ।
उन्नत बिऊ बिजन परियोजना संयोजक राजु शर्मा, संस्थागत विकास सम्बाहक संयोजक डा.हरी शर्मा, बिउ सम्वाहक संयोजक लिला पौडेल, लैंगिकता तथा सामाजिक सामान्यकरण सल्लाहकार उदय बहादुर पौडेलले सहजीकरण गरेका थिए । गोष्ठीमा गुल्मी, अर्घाखाँची, रोल्पा, रुकुम र प्युठानका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार