लागुऔषधको कारोबार केन्द्र बन्दै दाङ

सपना बोहरा/दाङ । जिल्ला प्रहरी कार्यालय दाङले सोमबार ५ केजी दुई सय ग्राम अफिमसहित ३ जनालाई लागु औषधसहित सार्वजनिक ग¥यो । प्रहरीले बरामद गरेर सार्वजनिक गरेको यो अफिम ठुलो मात्रामा रहेको जनाएको छ ।
गत आइतबार साँझ घोराही उपमहानगरपालिका वडा नं ५ मा एकान्त होटल नजिक लागुऔषध (अफिम)को कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले फेला पारेको थियो ।
यी पछिल्लो समयमा दाङमा भएका प्रमुख घटना हुन् । पछिल्लो समय दाङ लागू औषधको प्रमुख कारोबार केन्द्र बन्दै गएको छ । दैनिकजसो लागू औषधका कारोबारी र ब्यापारीहरू पक्राउ पर्दै आएका छन् ।
आइतबार प्रदेश नं पाँचको अनुसन्धान समूह र जिल्ला प्रहरीको टोलीले रोल्पा पाछावाङल–७ घर भई हाल घोराही उपमहानगरपालिका वडा नं. १२ वस्ने वर्ष ३० शक्तिराम वली, जिल्ला रुकुम भुमे गाउँपालिका वडा नं ८ बस्ने वर्ष २७ को एलन कुमार रोका मगर र जिल्ला रुकुम भुमे गाउँपालिका वडा नं ६ वस्ने वर्ष २८ देवबहादुर ओलीलाई लागु औषधसहित सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका निमित्त कार्यालय प्रमुख रामप्रसाद घर्तीका अनुसार दाङमा संभव त पहिलो पटक ठुलो मात्रा अफिम बरामद गरेको बताएका छन् । प्रहरीले बरामद गरेको अफिमको एकीन मूल्य थाहा नभए पनि ठुलो मात्रा र ठुलो रकम पर्ने उनले बताएका छन् ।
त्यस्तै २०७४ फागुन २९ गते घोराही उप महानगरपालिका वडा नं १५ शहिदगेट नजिक जेसिज मार्गमा अबैध लागु औषध (ब्राउन सुगर)को कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले भारत बहराईच बस्ने ३४ वर्षका परवेज आलमलाई अबैध लागु औषध (ब्राउन सुगर) सहित प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले बरामद गरेको ब्राउन सुगरलाई तत्काल तौल गर्दा प्लाष्टिकसहित ४० ग्राम ५८० मिली ग्राम र खैरो धुलो पदार्थ मात्रको तौल गर्दा ३९ ग्राम रहेको थियो । पपरवेजलाई लागुऔषध(ब्राउन सुगर) मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी कानुनी कार्वाहीको प्रकृयाका लागि अघि बढाएको थियो ।
पछिल्लो समयमा दाङमा ठुलो मात्रामा लागु औषधहरु भित्रिन थालेका छन् । बिशेष गरी रुकुम, रोल्पा हँुदै दाङ भित्रिने गरेको लागु औषध नेपालगञ्ज हुँदै भारतसम्म कारोबार हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको लागु औषध बरामद सम्बन्धी अभिलेखमा आर्थिक वर्ष २०७१÷७२ मा १५ जना सहित १८०.६२ मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
त्यसतै आर्थिक वर्ष २)७२÷०७३मा २५ जना सहित ५४÷०५४ मिलिग्राम व्राउन सुगर बरामद गरेको छ भने आर्थिक वर्ष २३ जना सहित २०७३÷७४ मा ५ ग्राम ३६० मिलिग्राम र चालु आर्थिक वर्ष २०७४÷०७५ मा २७ जनासहित ४६ ग्राम (३) मिलिग्राम व्राउन सुगर बरामद गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७१÷७२ मा ७२.५) किलो ग्राम चरेस, आर्थिक वर्ष २०७२÷०७३ मा ४ किलो ७ सय ग्राम चरेस बरामद गरेको छ भने चालु आर्थिक वर्ष २०७४÷०७५ मा ३५ केजी १३८ ग्राम चरेस बरामद गरेको छ । त्यसै आर्थिक वर्ष २०७१÷०७२ मा ३ किलो ३ सय ग्राम अफिम अफिम प्रहरी बरामद गरेको छ भने चालु आर्थिक वर्ष २०७४÷०७५ मा ५ केजी दुई सय ग्राम अफिम प्रहरीले बरामद गरेको छ ।
त्यसतै आर्थिक वर्ष २०७१÷०७२ मा ३ सय ग्राम गाँजा प्रहरीले बरामद गरेको छ भने आर्थिक वर्ष २०७२÷०७३ मा १0ग्राम गाजा, आर्थिक वर्ष २०७३÷०७४ मा ६ केजी ३ सय (५ ग्राम गाँजा र चालु आर्थिक वर्षमा ५४) ग्राम गाँजा प्रहरीले बरामद गरेको अभिलेख छ ।
जिल्ला प्रहरी कार्यालय दाङमा रहेको यो अभिलेखलाई मूल्यांकन गर्ने हो भने पछिल्ला वर्षहरुमा ठुलामा मात्रामा लागु औषधहरु कारोबार हुन थालेको छ । पछिल्लो समयमा दाङका ठुलो मात्रामा लागु औषध बरामद भइरहेको छ । लागुऔषध ओसार पसारमा ट्रान्जिट प्वाइन्टको रुपमा लिएको दाङ हिजोआज ठुला मात्रमा अफिम, ब्राउन सुगर, चरेस गाँजालगायतका लागु औषध विशेष सुराकीको आधारमा प्रहरीले बरामद गरेको छ ।
दाङमा ठुलो मात्रामा लागु औषधहरुको कारोबार हुन थालेका छन् । विशेषगरी रुकुम, रोल्पा हँुदै दाङ भित्रिने गरेको लागुऔषध नेपालगञ्ज हँुदै भारतसम्म कारोबार हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख रामप्रसाद घर्तीले बरामद गरिएको लागु औषध नष्ट गरिएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार