अदालतमा मुद्दाको चाङ, फैसला दरमा कमी

बटौली । तुल्सीपुर उच्च अदालत बुटवल ईजलास मातहत रहेका जिल्ला अदालतबाट फछ्र्यौट भएका मुद्दाहरूको संख्यामा यस वर्ष कमी भएको छ ।

विगतका वर्षहरूमा सबैभन्दा धेरै मुद्दा फर्छौट हुने जिल्ला अदालत रूपन्देहीमा यस वर्ष जम्मा ४६ दशमलव ८१ प्रतिशत मुद्दा फछ्यौट भएका छन् । बुटवल ईजलासका मुख्य न्यायाधीश रमेश पोखरेलले यसवर्ष न्यायाधीशहरू निर्वाचनमा केन्द्रित रहँदा मुद्दा फैसला हुन ढिलाई भएको बताए ।

रूपन्देही जिल्ला अदालतमा दर्ता भएका ४ हजार ४ सय २८ मुद्दामध्ये २ हजार ७३ फछ्र्यौट भएका छन् । त्यसैगरी कपिलवस्तुमा २ हजार २ सय ६१ मुद्दामध्ये १ हजार १ सय ४२ मुद्दा फछ्र्यौट भएका छन् ।

नवलपरासीमा ३ हजार ३ मुद्दा दर्तामध्ये १ हजार १ सय ४४, पाल्पामा ३ सय ९० दर्तामध्ये १ सय ६१, गुल्मीमा ३ सय ४५ दर्ता मध्ये १ सय ५ र अर्घाखाँचीमा २ सय ३७ मुद्दा दर्ता भएकोमा १ सय मुद्दा फछ्र्यौट हुन बाँकी रहेको उपरजिष्टार नेत्रप्रसाद भुसालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार