‘पाँच वर्षभित्र भूमिको समस्या समाधान’

नवलपुर । संघीय कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवले आगामी पाँच वर्षभित्र देशका सम्पूर्ण भूमि सम्बन्धि समस्याको समाधान गर्न सरकार लागिपरेको बताएका छन् ।
नवलपरासीको सुनवल नगरपालिका वार्ड नम्बर २ र ९ का किसानहरूलाई बिहिवार जग्गाधनी पुर्जा वितरणका लागि नवलपरासीको स्वाठी पुगेका कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनालले सो कुरा बताएका हुन् ।
कृषि क्षेत्र र भूमिको सम्बन्ध एक आपसमा नराम्रोसँग उल्झिएको छ । कृषिको समस्या समाधान गर्न पहिला भूमिको समस्याको समाधान गर्नु पर्ने भएकाले पहिलो चरणमा सरकार भूमिको समस्या समाधानका लागि काम गरिरहेको मन्त्री खनालले बताए । मन्त्री खनालका अनुसार सरकारले अहिले भूमि व्यवस्थापनका लागि भूमि नीति बनाउँदै गरेको छ । आवश्यक परे ऐन संशोधन गरेर भए पनि भूमि नीति बनाएर भूमिको समस्या समाधान गरिने बताए ।
सकेसम्म आगामी ३ वर्षभित्र नै भूमिको समस्या समाधान गरिने, कुनै कारणबस ३ वर्षमा नसके पनि ५ वर्ष भित्रमा देशका सम्पूर्ण भूमिको समस्या समाधान गरिने बताए । कामका आधारमा जग्गाधनीलाई पुर्जा वितरण गरिने बताएका छन् । भूमि समस्या समाधानका लागि सरकारले किसानहरूलाई ४ प्रकारका पुर्जा वितरण गर्ने तयारी गरेको बताए । यस योजना अन्तर्गत किसानलाई हरियो रंगको पुर्जा दिइने छ भने व्यावसायिक जमिनका लागि निलो रंगको लाल पुर्जा दिने छाँै । त्यस प्रकारले जोडिएको छ कि पहिला भूमिको समस्याको समाधान नगरी कृषि क्षेत्रको समस्या समाधान गर्न नसकिने बताए ।
भूमिको सही व्यवस्थापनका लागि सरकारले जग्गाधनीलाई ४ प्रकारको पुर्जा वितरण गर्न लागेको बताए । कृषि कार्यका लागि किसानहरूलाई हरियो लाल पुर्जा प्रदान गर्ने, यस प्रकारको पुर्जाधारी किसानलाई सरकारले दिने अनुदानको मात्रा बढी हुने छ र ऋणहरूमा पनि विशेष छुट रहने छ भने व्यवसायिक जमिनका लागि रातो लालपुर्जा वितरण गरिने र यस प्रकारको पुर्जाधनीलाई उच्च प्रकारको कर लाग्ने छ ।
यसै गरी उद्योग जमिनका लागि निलो जग्गाधनी पुर्जा वितरण गरिने र जंगल क्षेत्रमा बसोबास गर्ने जग्गा धनीका लागि पहेँलो जग्गा धनी पुर्जा दिईने सरकारले तयारी गरिरहेको भूमिहिन किसानलाई जग्गा धनी पुर्जा वितरण गर्ने क्रममा नवलपरासीको स्वाठीमा मन्त्री खनालले बताएका हुन् ।
नापी कार्यालय नवलपरासीका प्रमुख सुग्रिब यादवको अध्यक्षतामा सुनवलको स्वाठीमा भएको जग्गा धनीपुर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री खनालले सो कुरा बताएका हुन् । साट वटै प्रदेशमा आधुनिक कृषि क्षेत्रको विकास गर्ने गरी सरकारले योजना बनाई रहेको बताए ।
सो पुर्जा वितरण कार्यक्रममा नापी विभागका महानिर्देशक गणेश प्रसाद भट्ट, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गिरिधारीलाल न्यौपाने, सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापा, नवलपरासीका प्रमुख जिल्ला अधिकारी विरेन्द्र लामिछाने लगायतको उपस्थिति रहेको थियो ।
नवलपरासीको सुनवल नगरपालिका वार्ड नम्बर २ र ९ का ४३२ जना किसानहरूलाई उनीहरूको जग्गा धनी पुर्जा वितरणका लागि नवलपरासी पुगेका कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनालले पुर्जा वितरणपछि सभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार