कृषिभूमि दलालको कब्जामा ः खनाल

बुटवल । संघीय सरकारका कृषिमन्त्री चक्रपाणी खनालले नेपालको जग्गा जति दलालको हातमा रहेको खुलासा गरेका छन् । देशभरकाजग्गाहरू न व्यक्ति न त सरकारको भन्दै उनले दलालको मनपरीले जमिन ध्वस्त भएको दावी गरे ।
रिपोर्टर्स क्लब नेपाल ५ नम्बर प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले कृषियोग्य जमिन बचाउन नयाँ कार्ययोजना र नीति बनाउन लागेको उल्लेख गरे । भूमि सम्बन्धि नीति, ऐन, भू उपयोग नीतिलगायतका नीतिहरू बनाएर कृषियोग्य भूमि बचाउन ठोस कदम चालिने उनले बताए । ‘मैले जग्गाको २५ प्रकारको वर्गीकरण गरेको छु, नीतिबाहिरको अंशबण्डा रोक्ने मेरो पहल छ’, उनले सुनाए । कृषिको लागि हरियो लालपूर्जा बनेको बताउँदै कृषिको लालपूर्जाले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रको लागिसमेत सहुलियतको व्यवस्था गरिने उल्लेख गरे । अंशवण्डाको नाममा कित्ताकाट रोक्ने बताउँदै मन्त्री खनालले नीतिबाहिरको अंशबण्डा रोक्नको लागि पहल गर्ने बताए ।
नेपालमा १ लाख २१ हजारको संख्यामा मोहीहरू रहेको बताउँदै उनले देशमा रहेका मोहीहरू हटाउने दावी गरे । कार्यक्रममा बोल्दै मन्त्री खनालले अहिलेको सराकारबाट जनताको अपेक्षाअनुसारको गति नआएको बताउँदै केही योजनाहरू बन्दै गरेको बताए ।
नेपालमा हरेक स्थानमा सिण्डीकेट रहेको बताउँदै त्यसको अन्त्यको लागि सरकार लागिपर्ने बताए । कृषिमा पनि रहेको सिण्डिकेट हटाउने उनले दाबी गरे ।
कृषिको लागि आवश्यक मल, किटनाशक विषादीलगायतका कुराहरू सिण्डीकेटकै सञ्जालभित्र रहेको बताए । उनले भने – ‘मालपोत, नापी, वकिलदेखि अदालतसम्म जोडिएको दलालको गिरोहको संजाल छ ।’
जग्गा दलालको गिरोहले गर्दा रूपन्देहीमा यही दरमा जग्गाको कारोबार गरेमा अबको १० वर्षभित्र सबै वस्तुहरू किनेर खानुपर्नेबताए । रूपन्देही, कपिलवस्तु, नवलपरासीलगायतका क्षेत्रहरूमा यो समस्याले ठुलो रूप लिएको बताए ।
‘यसअघि पनि हजारौं पटक अनुगमन भए, तर यसको कुनै अर्थ देखिएन’, उनले भने– ‘आवश्यक नीति बनाएर अघि बढ्न जरुरी छ ।’
बहुमतको सरकार चल्ने तरिका अझै शुरु नभएको बताउँदै सरकार अझै कठोर भएर अगाडि बढ्ने बताए । उनले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेन्डा अगाडि बढाउने बताए ।‘हामीले हिजो उठाउँदै आएको प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेन्डा अगाडि बढाउने बढाउँछौं, यो आवश्यक छ देशले खोजिरहेको छ’, उनले भने ।
कार्यक्रम प्रदेश कार्यालय प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार