कम्युनिष्ट पार्टीको एकता र अबको यात्रा

देशका दुई ठूला पार्टीहरू नेकपा एमाले र माओवादी केन्द्रको लामो समयको मेहनत र कसरत पछि पार्टी एकता भएको छ । अब यी दुई पार्टीहरू स्वतः विघटन भएर बनेको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीको नामबाट निर्वाचन आयोगमा दल दर्ता समेत नेताहरूले गरिसकेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल (प्रचण्ड)को पहलमा स्व.जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको अवसर पारी २०७५ साल जेठ ३ गते पार्टी एकता भएर दुई पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी भएको छ । इतिहासकै दक्षिण एशियाको ठूलो शक्तिशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी बनेको छ । विं.सं.२००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी विं.सं.२०१९ सालपछि फुटेको थियो । त्यही फुटबाट जन्मिएका दुई ठूला पार्टीहरू अहिले मिलेका हुन् । अहिले नेपालको ठूलो कम्युनिष्ट पार्टी,विश्वको तेस्रो कम्युनिष्ट पार्टी भएको छ । नेपाल कम्युनिष्ट पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति रहेका छन् । जसमा एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० सदस्य रहेका छन् भने ४५ सदस्यीय स्थायी समिति रहेका छन् । अब यी दुई ठूला पार्टीहरूको एकताले कम्युनिष्टहरूको आउँदो यात्रा कस्तो रहनेछ भन्ने विषयमा चर्चा परिचर्चा गरिनेछ । नेपाली कांग्रेसले अबको राजनीतिक यात्रा कम्युनिष्ट पार्टीसँग कसरी अगाडि बनाउन सक्छ यो अत्यन्त गहन विषयको रूपमा रहेको छ । कम्युनिष्टहरूको यो ९ सदस्यीयसहितको हाईकमाण्डको ठूलो आकारले पनि अब कांग्रेसका कार्यकर्ता र नेताहरू कम्युनिष्ट पार्टीमा प्रवेश नर्गलान् भन्न सकिने अवस्था छैन । त्यसको लागि पनि नेपाली कांग्रेसले अब आफ्नो पार्टी पंक्तिलाई अगाडि बढाएर लैजानु पर्ने बेला आएको छ । अर्कोतिर देशमा रहेका अन्य कम्युनिष्ट पार्टीहरू पनि अब यो ठूला पार्टीहरूका एकताकोे सन्देशले कम्युनिष्ट पार्टीहरूमा आउने बाटो खुलेको छ । हुनत यो पार्टीले फुटेर रहेका राजनीतिक दलहरूलाई एक आपसमा गाभेर देशको विकास र समृद्धिको लागि पनि एकजुट भएर लाग्नु आवश्यक छ ।
अर्कोतर्फ दुई ठूला दल एकतामा त आए तर सबै प्रदेशदेखि केन्द्रसम्मका दुई पार्टीका कार्यकर्ताहरूलाई मिलाएर लैजान सक्छन् या सक्दैनन् यो चुनौतीको विषय छ भने तिनै दलका कार्यकर्ताहरू कता जान्छन् भन्ने अवस्था पनि छैन । निर्वाचनको बेला नेताको घोषणा र संकल्पले गर्दा अहिले पार्टी एकता भएकोमा सबै जनता खुसी हुनु राम्रो संकेत हो । प्रतिनिधि सभा र प्रदेशसभा २०७४ को चुनावमा माओवादी केन्द्र एमालेसँग तालमेल गरेर चुनावमा आफ्नो पार्टीलाई कतै मजबुत बनाउने र जिताउने बहानामा कतै यो चुनावी तालमेल गरिएको त होइन भन्ने कुराको एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरूबाट जिज्ञासाहरू एकातिर भए । मुख्य ठूला नेताहरूले यो तालमेल अहिले चुनावको समयमा मात्र होइन चुनाव जितिसकेपछि पनि जनता र कार्यकर्ताको सामु पार्टी एकता गरेरै छाड्ने प्रतिबद्धताहरू जनतासामु बोलेको थिए । हो, त्यही अमूर्त सपना अहिले पार्टी एकता गरेर राजनेताहरू केपी ओली र प्रचण्डले पूरा गर्नु भएको छ । साँच्चिकै भन्नु पर्दा अहिले नेपालभित्र र अन्तर्राष्ट्रिय जगतमा पनि मुख्यतःधेरै बधाईका पात्रहरू यी दुई नेताहरू नै हुनुहुन्छ । फरक पार्टीका अध्यक्षहरूको हैसियतले यदि दिनरात अत्यन्त मेहनतका साथ नलागेको भए सायद अहिले यति ठूलो आकारका शक्तिशाली पार्टी एकता हुने थिएन । कतिपय जनताहरूले यस्तोसम्म सोंच बनाएका हुन्थे कि माओवादी केन्द्रलाई जंगलबाट आएको बन्दूकधारी जमात,जनयुद्धमा रगतको आहालमा मुछिएर आएको पार्टी कसरी एमालेसँग पार्टी एकता गर्न सक्छ भन्ने भ्रमहरू उत्पन्न गर्थे । माओवादीका विपक्षहरूले पनि माओवादीलाई हात्तीको देखाउने बाहिरी दाँतका रूपमा उदाहरण दिने कैंयौ आलोचनाहरू भए । तर पनि माओवादीले एमालेसँगको सुमधुर सम्बन्धले सपनालाई विपनामा परिणत गर्दै पार्टी एकता भयो । यो एकताले नेपालमा छरिएर रहेका अन्य कम्युनिष्टहरूलाई एकतामा बाँधिन पहल त ग¥यो नै, यसले अन्तर्राष्ट्रिय जगतमा पनि असम्भव र असक्षमता भन्ने कुरा राजनीतिमा नहुने र एकतामै मजबुुतको नयाँ युग र समृद्धिको आधार हो भन्ने कुराको मार्ग प्रशस्त गर्ने काम ग¥यो ।
अर्काे कुरा अहिले नेपालमा साना ठूला गरी १३६ ओटा छुट्टै पार्टीहरू बनेका छन् । यति धेरै पार्टीहरू बनेर निर्वाचनको नतिजामा धेरै साना दलले थ्रेसहोल्ड समेत कटाउन सकिरहेको अवस्था छैन । यस्तो अवस्थामा कि अरू बेला कुन दल कहाँ के गर्दै छ भन्ने कुराको अत्तोपत्तो हुँदैन । जब चुनावको समय आउँछ, अनि मात्र अन्य दलहरू अग्रपङ्तिमा प्रचार प्रसारका शैलीमा लागेर आफ्ना नेताहरूलाई भोट माग्न तल्लीन देखिन्छन् । तर एक दिनको प्रचारले कसरी जनताको मत र विश्वास जित्न सकिन्छ । जनताको मत जित्नलाई त जनताका लागि राम्रा कामहरू गर्न सक्नुपर्छ । तबमात्र जनताले पनि आफै मत राख्न लागि पर्छन । त्यसैले अब अन्य पार्टीहरूपनि कम्युनिष्ट पार्टीमा एकता हुनु बाहेक विकल्प छैन । वास्तवमा देशलाई उन्नति र प्रगतिको बाटोमा लगेर सारा जनताको हित हुने किसिमका कार्यहरू गर्नु कुनै पनि पार्टीको कर्तव्य ठहरिन्छ । धेरै दलमात्र भएर टुट हुनु भन्दा एक या दुई दल भए राम्रो मानिन्छ । अहिलेको समय प्रविधि र विकाससँगै र्बुजुवा प्रणालीको शिक्षालाई अन्त्य गर्दै भाषिक र व्यवहारिक शिक्षाको माध्यमबाट सबै जनतामा सकारात्मक सोंच राखिनुपर्छ र सबैको समस्याहरूलाई हल गर्न कम्युनिष्ट पार्टी सक्छ भने मलाई लाग्छ अरू पार्टीको पछि लाग्नु आवश्यक छैन । देशमा नयाँ संविधान जारी भएसँगै देश संंघीय संरचनामा अगाडि बढी नयाँ युग र समृद्धिको यात्रामा अगाडि बढिरहेको अवस्था छ । संघीयतामा देश गएपछि सातवटै प्रदेशमा प्रदेश सरकार स्थापित भएको छ । प्रदेश सरकारले जनताका कामहरूलाई छिटो छरितो र सहज तरिकाले अगाडि बढेको छ । नेताहरूले सिंहदरवारमा रहेको केन्द्रीकृत शासन व्यवस्था गाउँ तहसम्म जनताको घरदैलोमा जनतालाई अधिकार सम्पन्न बनाउने जतिसुकै नारा लगाएता पनि अझैसम्म ती आवश्यकताहरू जनताले प्राप्त गर्न पाएका छैनन् । एमाले र माओवादी केन्द्र मिलेर बनेको वर्तमान सरकारले पनि त्यति जनताको लागि राम्रो काम गरेको अवस्था छैन ।
देशमा दिनदिनै हत्या हिंसा बलात्कार महङ्गी इन्धनमा उच्च मूल्य बृद्धि, भष्ट्राचारको जालो नहटेसम्म जनताको मुहार फेरिने बाला छैन । त्यसैले यी समस्याहरू जबसम्म समाधान गर्न प्रदेश सरकार र केन्द्रीकृत सरकार लागि पर्दैन तबसम्म समस्या विकराल नै भइरहन्छ र संमृद्धिको सपना मात्रै हुन्छ । अन्त्यमा अबको योजना भनेको देशमा सबृद्धिले पाइला टेकेको बेला यी दुई पार्टीहरूको एकताले यावत समस्यहरूलाई विस्तारै निराकरण गर्न आवश्यक देखिन्छ । अबको चुनौती भनेको एमाले, माओवादी केन्द्र पार्टी एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टीले जनताको मन जित्न सक्छ कि सक्दैन त्यो भने अबको नयाँ कार्यदिशाले बताउँछ । र सबैलाई समेटेर विकासतर्फ अघि बढ्नुपर्छ । त्यसका लागि कम्युनिष्ट पार्टीले जसरी दुई पार्टी एक ढिक्का भएर अगाडि बढ्ने प्रयत्न गरेका छन् । त्यसरी नै अबको नयाँ युगमा सबैलाई समेटेर अगाडि बढ्नु हुनेछ भन्ने दृढ विश्वास छ । देश र जनताको हकहित र सेवामा सधै सरकार र पार्टीबाट पहरेदारका रूपमा निरन्तर अघि बढ्ने अन्य पार्टीहरूलाई समेत कम्युनिष्ट पार्टीमा स्वतः आउने वातावरण तयार गर्नेछन् भन्दै राष्ट्रका नायक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) लगायत शीर्ष नेता, कार्यकर्ता, जनताहरूमा हार्दिक बधाई दिदै आगामी कार्यकाल कम्युनिष्ट पार्टीको पूर्ण सफलताको कामना गर्दछु ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार