पार्टी एकीकरण, मदन आश्रित र वाम सरकार

२००९ सालमा गुल्मी रिठारुखमा जन्मेका जीवराज आश्रित न्यौपाने र २००९ साल सुदूरपूर्व हिमाली जिल्ला ताप्लेजुङ्ग ढुङ्गेसाँधुमा जन्मेका मदनकुमार भण्डारी (मोतीराज भण्डारी)लाई राजनीतिक परिवर्तन गर्ने महान लक्ष्य जनवादी गणतन्त्र नेपाल र समाजवादी समाज निर्माण गर्ने वैचारिक प्रतिबद्धताले जुम्ल्याहा दाजुभाइ जस्तै बनायो । जीवनभर दुबै लेखक दुबै कवि दुबै दार्शनिक रूपमा माक्र्सवादको कट्टर हिमायति टुटफुट गुट गिरोहबाट छिरल्लिएको नेपाली कम्युनिष्ट आन्दोलनलाई एकीकृत र संगठित बनाउन क्रियाशील दुबै नेता सिद्धान्त प्रतिबद्ध निरंकुशता महाकाल बनेर लागिरहे महासचिव पुष्पलालको नेतृत्व र शिक्षा दीक्षाबाट अघि बढेका यी दुई नेताले नेकपा मालेलाई शक्तिशाली बनाउँदै नेकपा माले र नेकपा माक्र्सवादी पार्टीको बीचमा एकीकरण गर्न मात्र होइन, अन्य ससाना वाम घटकलाई आफ्नो मूल प्रभावमा समाहित गर्न सफल रहेको कारण शक्तिशाली पार्टी नेकपा एमाले बनेको सुनौलो इतिहास रहेको छ । सांगठनिक अभियानमा विशेष भूमिका क्षमता र दक्षता राख्ने आश्रित र राजनीतिक र दार्शनिक क्षेत्रमा विशेष भूमिका र क्षमता र दक्षता राख्ने भण्डारी यी दुई मूर्धन्य नेताहरूको अगुवाइले नेपाली कम्युनिष्ट आन्दोलन विशेष भूमिका राख्दछन् ।
अहिले देशमा झण्डै दुई तिहाई बहुमत हासिल गरेको सरकारको नेतृत्व प्रधानमन्त्री केपि ओलीले गरिरहेका छन् । अहिले समृृद्ध नेपाल र सुखी नेपाल बनाउने र समाजवादी समाजमा प्रवेश गर्ने अभियान चलेको छ । नेपाली कम्युनिष्ट आन्दोलनलाई आजको अवस्थामा पु¥याउन आश्रितको संगठनात्मक कौसलता र मदन भण्डारीको विचार र सिद्धान्त र जनताको बहुदलीय जनवाद मुख्य भूमिका खेलेको छ भन्दा जाद्रो हुनेछैन । तर ती महान नेताहरूको राजनीतिक यात्रा भने जेष्ठ ३।२०५० सालको दासढुङ्गा जिप दूर्घटनाले शारीरिक रूपमा सदाका लागि अन्त्य गरेको छ । विचार शक्ति कत्तिको बलियो हुन्छ भन्ने कुरा उनीहरूको देहवसान भैसकेपछि पनि उनीहरूकै सैद्धान्तिक विचार सिद्धान्तले नेपाली कम्युनिष्ट आन्दोलनलाई नेतृत्व प्रदान गरिरहेको छ र निरकुंश विरोधी आन्दोलन क्रममा नेकपा माओवादी पार्टी एउटा घटकले जनयुद्धको नाउँबाट १० वर्षे सशस्त्र आन्दोलन सञ्चालन गरेको स्मरणीय भएपनि राजतन्त्रको अन्त्य गर्ने आन्दोलनमा शान्तिपूर्ण जनप्रदर्शन २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनले राजतन्त्रलाई उन्मूलन गरी देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको छ । परिवर्तनका वाहक र अजय शक्तिका स्रोत जनतालाई मान्ने मदन भण्डारीको वैचारिक नेतृत्वलाई अहम भूमिका निर्वाह गरेको सन्दर्भ स्मरणीय र उदाहरणीय रहेको छ ।
वाम सरकारको नेतृत्व र सबृद्धिको यात्राः
भाइ फुटे गवार लुटे यो उखान मननीय छ । पार्टी गुट समूहलाई सिद्धान्तको जामा पहिराउन खप्पिस कम्युनिष्टहरू नेतृत्व पद प्रतिष्ठाका भोका र अवसरवादको सिकार भइरहँदा देशमा अस्थिरता, अराजकता र निरंकुशताले कवाज खेल्यो । यो गलत पक्ष हो । यस्तो किमार्थ स्वीकार्य छैन । कम्युनिष्टहरू मिल र एउटै नेपाल कम्युनिष्ट पार्टी निर्माण गर , मिलेर चुनावी प्रतिस्पर्धा गर समाजवादउन्मूख बाटो छोपेर हिंड । छुट्टा छुट्टै समूह बनाएर जनतामा भोट माग्न नआऊ भन्ने जनताको आवाजलाई शिरोपर गरेर विगत प्रदेशसभाको निर्वाचन र संघीय संसदको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त घोषणा पत्र प्रसारण गरी संयुक्त रूपमा निर्वाचनमा प्रस्तुत भए । मतदाता जनताले विश्वासको मत दिएर झण्डै दुई तिहाई संघीय संसदमा दिलाई दिए भने प्रदेश नं. १, ३, ४ र ५, ६ र ७ मा आवश्यक मत सरकार बनाउन र सञ्चालन गर्न सजिलो हुने गरी जुटाइदिएका छन् । संघीय सरकार वामपन्थीको बनेको छ । र प्रदेश नं. २ बाहेक ६ वटै प्रदेशमा वामपन्थीहरूको सहज बहुमतको सरकार गठन भएको छ । ती वाम सरकारहरूले यही जेष्ठ महिनाभित्रै सरकारहरूको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गर्न गइरहेका छन् । पूर्वी युरोपबाट कम्युनिष्ट सरकारहरू ढलेको बेलामा नेपालमा वाम सरकार गठन हुनु भनेको ठूला उपलब्धि हो । यसले विश्व इतिहास नै एउटा उदाहरणीय मोडेल प्रस्तुत गरेको छ । कम्युनिष्टमय नेपाल निर्माण गर्न पार्टी संस्थापन गर्ने महासचिव पुुष्पलाल, जननेता मदन भण्डारी, जीवराज आश्रित पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी लगायत कयौं दिवंगत कम्युनिष्ट नेताहरूको योगदानले काम गरेको छ । ती श्रद्धेय नेताहरू मध्ये पनि श्रद्धेय नेता मदन आश्रितको वैचारिक सैद्धान्तिक र सांगठनिक पक्षहरू नेतृत्वदायी रहेका छन् । यी कुरा प्रदेश सभा र संघीय संसदको निर्वाचनका क्रममा प्रकाशित संयुक्त चुनावी घोषणा पत्र ऐतिहासिक दस्तावेजका रूपमा रहेका छन् । घोषणा पत्रमा उल्लेखित राजनीतिक पक्ष र लोकतान्त्रिक पक्षहरूमा मदन भण्डारीद्वारा प्रतिपादित जनताहरूको बहुदलीय जनवादले विशेष मार्गदर्शन गरेकोछ । कसैलाई यस विषयमा यस विषय शंका उपशंका लाग्छ भने २०४७ सालको निर्वाचनमा प्रकाशित निर्वाचनमा प्रकाशित संयुक्त चुनावी घोषणा पत्र र जनताको बहुदलीय जनवादको नीति सिद्धान्त र कार्यक्रम तुलनात्मक रूपले अध्ययन गरे मात्र प्रस्ट हुनेछ ।
मदन अध्ययन गरे मात्र पनि प्रस्ट हुनेछः
मदन आश्रीतको २५औं स्मिृति दिवस मनाइरहँदा यो घडीमा अन्य कम्युनिष्ट समूहका घोषणा पत्र र दस्तावेज र हाम्रो समाजको चरित्र र जनताको लोकतान्त्रिक गणतन्त्रप्रतिको लगाव र नेपाली जनताको चिन्तन प्रवृति र लोकतन्त्र प्रतिबद्धता समेतलाई अध्ययन मनन गरेर अछि अघि बढ्दा राम्रो होला । निर्वाचन सम्पन्न भई सरकारहरू बनेका छन् समाजवादउन्मूख समृद्ध समाज बनाउने प्रतिबद्धता सरकारले दोहाराइरहेको छ । राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डतामा आँच नआउने गरी वर्तमान वाम सरकारले नेपाली जनताको सुख समृद्धिका कामहरू गरोस् भन्ने जनताको अपेक्षा रहेको छ । त्यही अपेक्षा मूर्त रूपमा साकार पार्न जेष्ठ ३ गते पार्टी एकीकरण हुनु खुसी र सौभाग्यको कुरा हो ।
मदन आश्रितकै सम्बन्धमा ः
कम्युनिष्ट पार्टीले चुनावी प्रतिस्पर्धा गर्दैमा त्यसैले कम्युनिष्ट भनेका अधिनायकवादी हुन् भन्ने दुष्प्रचार पुँजीवादी पार्टीहरूले गर्ने गर्दछन् । यस्तै कुप्रचार गर्दै जनताको भोट माग्ने र जनताको अभिमत भनेको हाम्रो निजी मत हो भन्ने ठान्ने पूँजीवादी पार्टीहरूसँग टक्कर लिने र प्राप्त गर्ने नीतिकासाथ जनताको बहुदलीय जनवाद प्रस्तुत भयो । मदन आश्रितहरूले यसको नेतृतव गरे । कम्युनिष्ट भएर पनि निर्वाचनमा भाग लिन थालेपछि तथा प्रतिस्पर्धाबाट सरकार निर्माण गर्ने प्रतिबद्धताका साथ नेकपा एमाले लोकतान्त्रिक प्रतिस्पर्धामा अघि बढेपछि पुँजीवादी खेमामा हल्लिखल्ली मच्चियो । निंद हराम भयो ।
यो बेलाको कुरा हो । चुनावमा भाग लिए आफ्नो भाग खोसिने पालो पनि ठान्ने र चुनावमा भाग नलिए कम्युनिष्ट पार्टीहरू भनेका तानाशाही पार्टीहरू हुन् र यिनीहरूले लोकतन्त्र मान्दैनन् भन्ने पुँजीवादी पार्टीहरूको व्याख्यान रह्यो । अहिले पनि त्यही खालका प्रचार गरिन्छ । यस्तो दोहोरो कुरा गर्न कतिपय पुँजीवादी पार्टीहरूको चरित्र र धर्म हो । यता लोकतान्त्रिक अभ्यास गर्न थालेको देखी केही उग्र विचार राख्ने वाम पार्टीहरूले एमाले संसदीयमा भासमा जाकियो संसदवादी पार्टी भयो । कम्युनिष्ट पार्टी रहेन जस्ता प्रचारलाई केही झै नमानी जनताको बहुदलीय जनवादले लोकतान्त्रिक अभ्यासलाई अगाडि बढायो । मदनले त स्पष्ट भाषामा भन्नु भयो । हामी संसदमुखी मात्र होइन, हामी त संसदको मुखैतिर जाँदैछौं । सिद्धान्तको रङ्ग खैरो हुन्छ । जीवनको रङ्ग हरियो हुन्छ । हामीलाई जीवनमुखी सिद्धान्त चाहिएको छ । माक्र्सवादको विसर्जनवादको विरोध गरौं । माक्र्सवादको सिर्जनात्मक प्रयोग गरौं भन्दै द्वन्द्वात्मक भौतिकवादी सार पनि यही हो । जडसूत्रवादको सामाजिक परिवेश र परिस्थिति बमोजिम समाज परिवर्तनका लागि निरन्तर लागि रहने आवश्यक परे संघर्षमा बल प्रयोग गर्ने तथा शान्तिपूर्ण संघर्षबाट सबैखाले निरकुंशताका जन्जिरहरूलाई तोडेर समाजवादमा प्रवेश गर्ने भण्डारीको प्रतिबद्धता जबजमा उल्लेखित छ । संघर्षको कुनै सीमा र अवधि हुँदैन भन्ने आश्रितले संघर्षका लागि मुहूर्त नचाहिने कुरा प्रष्ट पार्नु भएको छ । राजनीतिमा आरोप प्रत्यारोप प्रशंसा र आलोचना भइरहन्छ । नेता कार्यकर्तालाई उत्साहित पार्दै भण्डारीले राजनीतिमा थकाई भन्ने शब्दावली हँुदैन भन्नेका छन् । अवश्य नै यी उक्तिहरू मननीय छन् । राष्ट्र र जनताका लागि आवश्यक परे जीवनकै राजीनामा दिन तयार छु । भन्ने उदघोष गर्दै श्रीपेच फुकालेर चुनावी प्रतिस्पर्धामा आउन राजालाई चुनौती दिने मदन भण्डारीलाई अमेरीकाबाट प्रकाशित हुने दि न्यूज विकले कार्लमाक्स नेपालमा जीवीत छन् भनेको हुनुपर्दछ । शत्रु पक्षले मदन आश्रितलाई खतरनाक कम्युनिष्ट शक्तिका रूपमा बुझे जसको परिणाम दासढुङ्गा जिप दूर्घटनाको दृश्यबाट षडयन्त्रमूलक ढंगले मदन आश्रितले मृत्यु वरण गर्नुप¥यो । तर चालक अमर लामा सुरक्षित र जीवीत रहे । नेपाली कांग्रेसमा प्रवेश गरेका चालक लामाको पनि द्वन्द्व कालमा हत्या भयो । जीवीत प्रमाण ध्वस्त पारियो । नेपाली जनता दास ढुङ्गा जिप दुर्घटनालाई दुर्घटना मान्न तयार छैनन् ।
निचोडः
माछा मिठा काडा तिता मान्ने मानवीय प्रवृत्ति छ । मदन अश्रितबाट अघि बढेको र सोही विचारले मार्गदर्शन गरेको संयुक्त चुनावी घोषणा पत्र अनुसार वाम सरकार बनेको छ । त्यही प्रतिबद्धतालाई सम्मान गर्दै पार्टी एकीकरण पनि भएको छ । प्रत्यक्ष रूपमा निर्वाचनमा सहभागी वाम पार्टीहरू जबज सिद्धान्तबाट प्रभावित र प्रवाहित भएर एउटै पार्टी गठन गर्न सहमत भएका छन् । तर पनि कता कता मदन भण्डारी र जवज सिद्धान्तलाई आत्मसात गर्न हिच्किचाएको आभास हँुदैछ । यस्तो हुन जरुरी छैन । यस्तो बैगुनी हुनु हुँदैन । आगामी महाधिवेशनमा यो सिद्धान्त स्थापित हुनुपर्छ । कम्युनिष्टहरूले मार्गदर्शक र त्यागी कम्युनिष्ट लिडरहरूलाई सम्मान गर्ने संस्कृतिको निर्माण गर्न सक्नुपर्दछ । माछा मीठा काँडा तिता हुनु हँुदैन ।
अन्त्यमा मदन आश्रितप्रति सम्मान र श्रद्धाञ्जली फूलले होइन व्यवहारले गरौं । कम्युनिष्ट पार्टीहरूको एकता आजको आवश्यकता हो । त्यो आवश्यकतालाई यसै दिवस परेर पार्टी एकीकरण गरिएको छ । यसले मदन अश्रितको उचाई बढाएको छ । लोकतान्त्रिक कम्युनिष्ट आन्दोलनका प्रणेता मदन भण्डारी र जीवराज आश्रितलाई सम्मान र सम्झना गरिरहेको यो घडीमा कम्युनिष्ट पार्टी एकताको घोषणा हुनु र समृद्धि दिशा अघि बढ्नु नै मदन आश्रितप्रतिको साँचो श्रद्धाञ्जली र सम्झना हुने कुरामा दुईमत नहोला ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार