जैविक विविधता दिवस जगदीशपुर तालमा मनाइने

कपिलवस्तु । प्रदेश नम्बर ५ ले २५ आंै जैविक विविधता दिवस कपिलवस्तु नगरपालिकास्थित विश्व सीमसार क्षेत्रमा सूचिकृत जगदीशपुर तालमा मनाउने भएको छ । यही जेठ ८ गते प्रदेश नम्बर ५ को उद्योग, पर्पटन वन तथा वातावरण मन्त्रालयको अगुवाईमा जगदीशपुरमा दिवस मनाइने भएको हो । दिवसमा मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यता हुने आयोजकले जनाएको छ ।
मन्त्रालयका शाखा अधिकृत शेषदत्त चौधरीले प्रदेश नम्बर ५ ले जैविक विविधता दिवस जगदीशपुरमा भव्यरूपमा मनाउने निर्णय भएको बताए । ‘मन्त्रालयले बजेट बिनियोजन गरी कार्यक्रम गर्ने निर्णय गरेको हो’ उनले भने । कार्यक्रममा कपिलवस्तु नगरपालिका, जगदशीपुर जलायस बहुसरोकार मंचर, वन र बाणगंगा सिंचाई डिभिजन कार्यालयसंग सहकार्य गरिएको छ । दिवसमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता, विभिन्न जातजातिहरूको झाँकी प्रदर्शन गरिनेछन् । यस्तै दिवसका दिन नेपाल पंक्षी संघको अगुवाईमा ताल र चराहरूको बारेमा विभिन्न प्रदर्शनीसमेत गरिने कार्यक्रम तय भएको छ ।
कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिसमेत निर्माण गरिएका छन् । दुई महिनअघि मुख्यमन्त्री पोख्रेलले जगदीशपुर तालको अवलोन गरेपछि उनकै सुझाव अनुसार तालमा कार्यक्रम राखिएको बताइएको छ । कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले जगदीशपुरमा प्रदेश नम्बर ५ ले कार्यक्रम राखेकोमा आभार व्यक्त गर्दै नगरपालिकाको पूरा साथ हुने बताए । कार्यक्रमले ओझेलमा परेको तालको पर्यटकीय विकासमा मद्दत मिल्ने उनले बताए । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष शिवबहादुर वाग्लले कार्यक्रमलाई भव्य र सभ्य बनाउन आपूmहरू जुटेको बताए ।
‘प्रदेश नम्बर ५ ले तालका कार्यक्रम राखेकोले हामी उत्साही छांै, यसमा वडा र नगरको साथ हुनेछ ’ उनले भने । उता तालको संरक्षण र विकासमा प्रदेश नम्बर ५ ले १० लाख बजेट बिनियोजन गरेको छ । ४ दशकअघि सिंचाई प्रयोजनका लागि बाणगंगा सिंचाई प्रणाली अन्र्तगत निर्माण गरिएको जगदीशपुर तालको मर्मत संभारसमेत हुने भएको छ । जैविक विविधता, सिमसार र चराका कारण महत्वपूर्ण भएकैले नै स्विटजरल्याण्डमा रहेको रामसार सचिवालयले ताललाई सन २०३ मा रामसार साईटमा सूचिकृत गरेको थियो । तालमा चरा मात्र नभई ८ प्रजातिका उभयचर र ३८ प्रजातिका सरिसृप पाइने आईयुसीएनले गरेको अध्ययनले देखाएको छ । विश्वमै दुर्लभ मानिएका ८ प्रजातिका चरा पनि देख्न पाइन्छ । विश्वमै दुर्लभ पानी विरालो पनि तालमा पाइन्छ । १ सय ५७ हेक्टरमा फैलिएको तालमा १ सय ६७ बढी प्रजातिका चरा पाइने रेकर्ड रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार