समस्याप्रति नगरपालिका गम्भीर

बुटवल। बुटवलम उपमहानगरपालिका उपप्रमुख गोमादेवी आचार्यले यस क्षेत्रमा रहेका खुद्रा किराना व्यवसायीका समस्याप्रति नगरपालिका गम्भीर रहेको बताइन् ।

खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले बिहिबार बुटवलमा आयोजना गरेको नव वर्षको शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै आचार्यले खुद्रा किराना व्यवसायीहरुको व्यवसाय दर्ताको लागि समय थप गरिएको जानकारी गराइन् । उनले छुटेका साना व्यवसायीहरुलाई नगरपालिका दर्ता हुन आह्वान गरिनन् ।

बुटवल उपमहानगरपालिका व्यवसाय दर्ताको लागि थप समयको माग गर्दै खुद्रा किराना व्यवसायीले ज्ञापन पत्र बुझाएको थियो । नगरपालिकाले यही वैशाख २ गतेबाट ३१ गतेसम्म छुटेका व्यवसायीको लागि समय थप गरेको छ । आचार्यले नगरपालिकाले दैनिक उपभोग्य गर्ने वस्तुमा कर थप गर्न नहुने उद्देश्यले मदिरा र सुर्तिजन्य पदार्थमा मात्रै कर बढाएको छ ।

कार्यक्रममा रुपन्देही व्यापार संघका महासचिव प्रकाश ढकाल, लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष केशव कुँवर, संस्थापक अध्यक्ष टिकाराम गैरे, निवर्तमान अध्यक्ष कमला गौतम, वरिष्ठ उपाध्यक्ष ज्ञान प्रसाद न्यौपाने बोल्दै किराना व्यवसायीहरु एकजुट हुनु पर्नेमा जोड दिएका थिए । गंगाधर न्यौपानेको अध्यक्षता भएको कार्यक्रमको संचालन महासचिव कृष्ण प्रसाद पाण्डेले र धन्यावाद तृतीय उपाध्यक्ष मोहन बस्यालले गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार