शैक्षिक क्षेत्रलाई स्वतन्त्र बनाउनुपर्छः भट्टराई

भैरहवा । नेकपा एमालेका केन्द्रिय सदस्य एवं राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले शैक्षिक क्षेत्रलाई स्वतन्त्र बनाउनु पर्ने बताएका छन् । उनले पछिल्लो समय शैक्षिक संस्थाहरूमा राजनीति हावी हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई हटाउनु पर्ने बताए ।

अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीद्वारा आयोजित शुभकामना आदन–प्रदान, क्यालेण्डर विमोचन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै भट्टराईले समृद्धि नेपालका लागि शिक्षा क्षेत्रलाई स्वतन्त्र र प्राज्ञिक थलोको रूपमा विकास गदै विश्वसँग प्रतिसपर्धा गर्न सक्ने शिक्षा त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसले प्रदान गर्नु पर्ने बताए ।

एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक समेत रहेका नेता भट्टराईले विद्यार्थीहरू परिवर्तनको संवाहक भएको जनाउँदै विश्वको विद्यार्थी आन्दोलनको चर्चा गर्दा अनेरास्ववियुको काम कारबाहिको ईतिहास सधैं उदाहरणीय भएको पनि जिकिर गरे ।

अनेरास्ववियुका केन्द्रिय महासचिव ऐन महरले वैज्ञानिक र व्यवहारिक शिक्षालाई सबैको पहुँचमा पुराउन अनेरास्ववियुले दिनरात पहल गरिरहेको बताए ।

उनले अनेरास्ववियुको नेतृत्वमा विश्वविद्यालयलाई प्राज्ञिक थलोको रूपमा विकास गर्ने अभ्यास थालनी भइरहेको बताए । अब विद्यार्थीहरू सडक आन्दोलन र टायर बाल्ने काममा जाने वातावरण सृजना नहुने विश्वास व्यक्त गर्दै प्राप्त उपलब्धीलाई संस्थागत गर्दै सरकार अगाडि बढ्नेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य बाबुराम पन्थी, प्रेस चौतारी नेपाल रूपन्देही कोषाध्यक्ष नरेश के.सी., क्याम्पस प्रमुख अनिलकुमार झा, अनेरास्ववियु रूपन्देही क्षेत्र नम्बर ३ संयोजक लक्ष्मी के.सी.लगायतले बोल्दै त्रिविमा शैक्षिक सुधारको खाँचो रहेको बताएका थिए ।

क्याम्पस कमिटी अध्यक्ष सरोज ठकुरीको सभापतित्व, झकबहादुर आलेको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा एमाले रूपन्देही जिल्ला सचिवालय सदस्य हितराज पन्थी, एमाले नगर सचिव थानेश्वर पौडेल, कुमार गुरुङलगायतको आथित्यता थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार