मानवअधिकार र सुशासनको मुद्दा

विषय प्रवेशः
नेपाल अहिले संघीयतामा प्रवेश गरी सकिएको भनिएको छ । यसक्रममा स्थानीय तहदेखि प्रदेश हु“दै केन्द्र र राष्ट्रपतिको निर्वाचन पनि सम्पन्न भैसकेका छन् । तर पनि आम नेपाली नागरिकमा त्यस्तो परिवर्तनको महसुश अहिले पनि गर्न नसकेको व्यापक गुनासो छ । यस अवस्थामा मानवअधिकार सुशासनको अवस्था कस्तो हुने हो भन्ने अन्यौलता सिर्जना भएको छ ।
मानवअधिकारको अवस्था र परिभाषा समयको परिवर्तन र विकासस“गै परिवर्तन हु“दै आएको हुन्छ र सुशासन त्यो अवस्थाको साशन व्यवस्था र संस्कारस“ग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । विगत समयमा मानवअधिकार भनेको गा“स,बास र कपास मात्र भन्ने बुझिन्थ्योभने अहिले वर्तमान परिवेशमा मानवअधिकार भनेको खाना, नाना, छाना, स्वास्थ्य, शिक्षा, सुरक्षा, मनोरञ्जन एवं रोजगार भन्ने बुझिन्छ । यसरी समय र उनीहरूको आवश्यकता अनुसार मानवअधिकार सम्मान गर्नु आफैमा सुशासन हो भने समय परिवर्तन र विकासस“गै नेपालीहरूलाई लेख्दा र सम्बोधन गर्दा नेपाली नागरिक भनेर सम्बोधन गर्नु मानवअधिकारको अर्को सम्मान हो ।
विगतको अवस्थाः–
विश्वको समाज विकास क्रमबाट नेपाल अछुतो हुन सक्दैन । फरक यति हो कि विश्वको मानव समाज विकास अगाडि छ भने नेपालको समाज विकास क्रम धेरै पछाडि रहेको विभिन्न समाजशास्त्रको अध्ययन एवं विश्लेषणबाट थाहा पाउन सकिन्छ । आदिम समाजबाट अगाडि बढेको विश्व समाज दास, सामन्त र पू“जीवाद अवस्था पार गर्दै समाजवादमा प्रवेश गर्ने कालमा देखिन्छ भने नेपाली समाज आदिम दास र सामन्त हु“दै पू“जीवादमा प्रवेश त गरेको छ तर सामन्तवादलाई छोड्न नसकेको र पू“जीवादलाई पछ्याउँन नसक्दा समाजवाद अहिले केवल चर्चाको विषय मात्र बन्न पुगेको छ ।
वर्तमान अवस्थाः–
फिरन्ते र दास÷दासी अवस्था पार गरी सामन्ती समाजमा रैती, प्रजा र ममताको हैसियत रहेका नेपालीहरूलाई २०४६ सालको पहिलो जनआन्दोलन र २०६२÷०६३ को दोश्रो जनआन्दोलन पछि नागरिकको हैसियत प्राप्त गरेका नेपालीहरूलाई अहिले पनि जनता भनेर सम्बोधन गर्नु मानवअधिकारको अपमान र सुशासनको ठूलो उलङ्घन भएको देखिन्छ । पद, पैसा र सत्ताको लागि जे पनि गर्ने र त्यहा“ पुगेपछि आफ्नो हैसियत बिर्सिने प्रवृत्तिले गर्दा नेपाली समाज पछाडि धकेलिएको कुरालाई नकार्न मिल्दैन ।
नेपालको वर्तमान अवस्था राजनैतिक परिवर्तनको लागि २००७ देखि नै अथक प्रयास हु“दै आएको छ । यसक्रममा धेरै होनहार नागरिकको रगत बगेको छ । १० वर्षे जनयुद्धमा मात्र १५÷१६ हजार नागरिकले परिवर्तनको खातिर ज्यानको बलिदानी दिएका थिए । के तिनीहरूको उद्देश्य प्रचण्ड कहिले नेपाली कांग्रेस र कहिले एमालेको का“धमा जाने, कांग्रेसको आडमा छोरीलाई मेयर बनाउने र वामपन्थीको नाममा बुहारीलाई मन्त्री बनाउने साथै प्रचण्ड संधै कांग्रेस र वामपन्थीको आडमा सत्तामा स“धै हालीमुहाली मात्र गर्ने थियो त ? यसको उत्तर सबैले सोध्ने गरेका छन् । त्यो थिएन उनीहरूको उद्देश्य त देशमा आमूल परिवर्तनको दिशामा अगाडि बढाउने र समाजवादी व्यवस्था ल्याउने थियो ? जनयुद्धको थालनी र सहिदको उद्देश्य विपरीत सत्तामोहको जोस“ग पनि मिल्ने र जे पनि गर्ने अनि आफ्नो परिवारलाई अगाडि सार्ने प्राथमिकता दिने भनेको चरम सामन्तीको उपज हो भन्न सकिन्छ । अतः समाजवादको नाम जप्दै पू“जीवादको हुण्डी हाक्ने र अहिले पनि सामन्ती प्रवृत्तिले मानवअधिकार अपमान सुशासनको व्यापक उलङ्घन भएको स्पष्ट देखिएको छ । राष्ट्रवादी भनिएका प्रधानमन्त्री के.पी. ओलीले सामन्ती प्रवृत्तीका प्रचण्ड र मधेसवादी दलहरू समक्ष लम्पसारवादको नीति अँगाल्दै अगाडि बढ्न खोज्दा आफ्नो राष्ट्रवादी पदवी कसरी जोगाउने हुन र कार्यकाल कसरी सफल बनाउने हुन भन्ने बढ्दो चुनौतीको रूपमा देखिएको छ ।
समस्याको मूल कारणः–
समय अनुसार परिवर्तन र समाज विकास क्रमको अनिवार्य शर्त हो । अतः समय विपरीत जानु नै समस्याको मूल कारण हो । समाज सबैको साझा बाटो हो । समाजको परिवर्तनसँगै आउने परिवर्तन उपलब्धिमा सबैको साझेदारी हुनु उनीहरूको अधिकार हो । समाज मानव निर्मित हुन्छ । ‘मा’ अथवा ‘आमा’ र ‘नव’ एवं ‘नया“ बालक’ को दोहोरो सम्बन्धबाट मात्र मानव समाज अगाडि बढेको हुन्छ । जहा“ ‘मा’ र ‘नव’ को दोहोरो सम्बन्ध कायम हु“दैन, त्यो अवस्था भनेको ‘दा–नव’ हो । अथवा आफैमा कुशासन हो । ‘मानव’सँग जोडिएका एकातिर ‘प्रकृति’ र ‘ब्रह्म’ जोडिएको हुन्छ । भने ‘प्रकृति’ अन्तरगत पृथ्वी, आकाश, वायु, अग्नि÷सूर्य र जल पर्दछन् । समग्रमा भगवान एवं ब्रम्हाण्ड सबैलाई सम्बोधन गरेको कुरा वेद शास्त्रको अध्ययनबाट थाहा पाउन सकिन्छ । त्यस्तै ‘ब्रह्म’ अन्र्तगत ऐतिहासिक द्वन्द्ववाद महान दार्शनिक कार्लमाक्र्सका अनुसार उपरी संरचना र संरचना रहेका हुन्छन् । संरचनाले समाज विकास क्रमलाई सम्बोधन गरेको हुन्छ । भने उपरी संरचनाले विचारको प्रतिनिधित्व गरेको हुन्छ । एकातिर वस्तु र विचार द्वन्द्वबाट समाज विकासको क्रम अगाडि बढेको पाइन्छ भने अर्कोतिर ब्रम्हाण्डमा रहेको अर्को शक्ति एवं इथर अर्कोतिर मानवभित्र लुकेको ब्रह्म तत्व आत्मसाथै त्यसबाट निस्केको ‘स्वर’ को समिश्रणबाट नै उपरिसंरचनामा अन्तरगत ईश्वर कल्पना गरिएको हो भन्ने कुरा वेदमा स्पष्ट उल्लेख गरिएको छ । धर्म, भाषा, जाति, संस्कार माथि ‘ईश्वर’लाई सबैले स्वीकार गरेका छन् । कार्लमाक्र्सले उपरी संरचना भनेका थिए भने हिन्दु, मुस्लिम, क्रिश्चियन आदि धर्मालम्वीहरूले ईश्वर एउटै भएको स्वीकार गर्दै आएका छन् भने क्वान्टम साइन्सले आफ्नो अध्ययन र परीक्षणको क्रममा ब्रम्हाण्डीय इथर र ब्रह्म तत्वमा लुकेको ध्वनिको ‘स्वर’ बाट ईश्वर कल्पना गरिएको उक्त शक्ति नै सुपर स्ट्रक्चर पावर भएको कुरालाई प्रमाणित गरेको छ ।
यसरी मानव र ब्रमहाण्ड बीचमा निहित शक्तिप्रतिको महत्वलाई बुझ्ने प्रयास नगरी एक पक्षले त्यसको अन्ध समर्थन र अन्ध विरोध गर्नु नै वर्तमान समस्याको मूल कारण हो । मानवबाट नै भगवान र ईश्वरको कल्पना गरिएको कुरालाई अब कसैले पनि नकार्न मिल्दैन । वर्तमान समाज विभिन्न समाजको अनुभवको उपज हो भनी विगत र वर्तमान समाजको समिश्रणबाट भविष्य निर्माण हुन्छ । विगत र वर्तमानलाई भत्काएर भविष्य निर्माण हुन्छ भन्ने सिद्धान्त गलत थियो भन्ने कुरा आहिले अध्ययन र विश्लेषणले प्रमाणित गरेको छ । यही कुरालाई नबुझ्दा र यही कुराको शिक्षा दिंदा र व्यवहार जसलाई फ्याकियो त्यसैको व्यवहार शैली अपनाउँदा नेपाली समाज अगाडि बढ्न नसकेको स्पष्ट देख्न सकिन्छ । पुरानो सत्तालाई फ्याकेर त्यही शैली र व्यवहार अपनाएर समाजको विकास हु“दैन । जसले परिवर्तन र समाजको विकास भनेर ज्यानको बलिदानी गरेर उनीहरू प्रति ठूलो अपमान हुन्छ । त्यही शैली व्यवहार सिद्धान्त अपनाउने हो भने राजनीतिको नाममा संगठन गर्ने वामपन्थीको एकताको नाममा अर्को भ्रम छर्ने झन ठूलो अपराध हुन्छ यस्तो किसिमको प्रवृत्तिले त्यसैलाई मलजल गर्ने ठूलो चुनौती देखा पर्दछ । यसले देशमा जहिले पनि मानवअधिकारको अपमान र सुशासनको उल्लङ्घन हुन्छ ।
वर्तमान चुनौतीः–
विगतको समस्याको चाङ नै वर्तमान अवस्थाको चुनौती हो । वर्तमानको लागि नेपाली नागरिकहरूलाई गुहार्ने र सत्ता र शासनमा पुगेपछि नागरिकहरूलाई सम्बोधन गर्न बिर्सने प्रवृत्तिले २००७ देखि नै निरन्तरता पाइनै रहेको छ । सम्बोधन गरिहाले लेखीहाले पनि ‘जनता’ भनेर सम्बोधन गरी अपमानित गर्ने कार्य गर्दै आएको देखिन्छ । अझ नागरिकको कुरा छोडौं । व्यक्तिको नामको अगाडि ‘जि’ र पद प्राप्त व्यक्तिबाट सम्बोधन गर्दा ‘ज्यू’ लगाउनु पर्छ भन्ने कुरा राजनैतिक नेता कार्यकर्ता मात्र नभई चर्चित पत्रकारहरूले समेत ख्याल नगर्दा समग्र संचारकर्मीहरूको अपमान र बेइज्जत हुन पुगेको वर्तमान अवस्था छ ।
अहिले सुशासनको मुद्दा चर्को उठ्ने गरेको छ । सुशासन ल्याउने मुद्दा नभई आफैले व्यवहार लागु गरेर देखाउने कुरा हो । केन्द्रदेखि प्रदेश हु“दै स्थानीय तहसम्म सुशासनको विशेष चर्चा चलेको छ । तर व्यवहारमा प्रदेशदेखि केन्द्रसम्म आफ्ना नातापाता भाइ छोरा, श्रीमती बुहारीलाई प्राथमिकता दिंदा सुशानको उलङ्घन मात्र हैन भ्रष्टाचारको जग बसालिएको छ । राजनैतिक योगदान होला तर त्यो भन्दा बढी योगदान दिनेलाई पाखापारी आफ्नो श्रीमती श्रीमान्, छोरा छोरी, बुहारीलाई अगाडी सार्न आफैमा ठूलो अपराध हो । अहिले मन्त्रीमण्डलको विस्तारको क्रममा आफ्नो बुहारी मन्त्री बनाउन दबाब दिएको र प्रधानमन्त्री कुनै जिल्लाबाट दुईटै कुनै जिल्लाबाट एउटा पनि नपर्दा माओवादी र एमालेभित्र भित्र व्यापक असन्तुष्टि देखा परेको छ । यही प्रवृत्तिले निरन्तरता पाएमा अहिले नेपालीको कांग्रेसले जुन नियति भोग्न बाध्य भएको छ, त्यही नियति वामपन्थी भनिएका एमाले र माओवादीले नभोग्लान् भन्न सकिन्न । अहिले वामपन्थी भनिएका संयुक्त सरकारका प्रधानमन्त्रीको लागि भने ठुलो चुनौती खडा भएको छ । त्यस्तै स्पष्ट सरकार निर्माण गर्ने बहुमत हु“दाहु“दै पनि २ तिहाई रटानमा मधेसवादी दलहरू समक्ष लम्पसार पर्दा आफूले प्राप्त गरेको बहुमतको अपमान मात्र हैन कि उनको राष्ट्रियता माथिको प्रश्न चिन्हको अर्को चुनौती खडा भएको छ ।
त्यस्तै संघीयताको नाममा केन्द्रको अधिकार गाउ“ तहमा ल्याउने भने पनि स्थानीय तहमा नागरिकहरूले त्यो अनुभूति गर्न नपाउँदै केन्द्रमा रहेको भ्रष्टाचारको जालो स्थानीय तहमा आइपुगेको स्पष्ट देखिएको छ । कतिपय नगरपालिकामा त कर्मचारीस“ग मिलेर निर्वाचित प्रतिनिधिहरूले ठेक्कापट्टा लगाउँदा कमिशन लिने काम सुरुभै सकेको कुरा अहिले विशेष चर्चाको विषय बनेको छ । भ्रष्टाचार र कमिशनले निरन्तरता पाउँछ भने संघीयताको त्यो भन्दा बदनामी अर्को कुनै हुनै सक्दैन । स्थानीय तहमा समेत सेवाग्राही नागरिकलाई घूस र कमिशन दिन बाध्य पारिन्छ भने त्यो भन्दा ठूलो मानवअधिकारको अपमान अर्को के होला । अतः केन्द्रदेखि प्रदेश हु“दै स्थानीय तहसम्म देखापर्ने यस्ता किसिमका प्रवृत्तिलाई प्रधानमन्त्री के.पी. ओलीले कसरी नियन्त्रण गर्दछन् ? यसैमा सफलता असफलताको परिक्षण हुने निश्चित छ ।
समाधानको उपायः–
विगतमा जे भएपनि वर्तमानलाई स्वीकार गरेर अगाडि बढ्नु वर्तमान समयको माग हो । विगतमा जस्तै अहिले पनि मानवअधिकार अपमान र भ्रष्ट आचारले निरन्तरता पाउनु अत्यन्त दुःखद पक्ष हो । संघीयता आफैमा नराम्रो होइन तर यसलाई प्रयोग गर्न नजान्दा ‘बा“दरको हातमा नरिवल’ जस्तो उखान चरितार्थ हुने हो कि भन्ने शंका आशंका उठिरहेको छ । यसको शंका पहिला निवारण गर्नु वर्तमान सरकारको दायित्व र जिम्मेवारी हुन आएको छ ।
अहिले भ्रष्टाचारलाई पैसासँग जोडेर हेर्ने गरिएको छ । ‘भ्रष्ट’ र आचार नै भ्रष्टाचार र कुशासनको जग हो । परिवर्तन नाटक रची नागरिकहरूमा भ्रम छर्ने र सत्तामा पुगेपछि छोरा, छोरी, बुहारी, श्रीमतीलाई अगाडि सार्नु ठूलो राजनितिक भ्रष्टाचार हो ।
यसलाई ठूलो निषेध र नगर्दासम्म संघीयताको गाडी अगाडि बढ्न सक्दैन । त्यस्तै अहिले अकूत सम्पत्ति जम्मा गर्ने होडबाजी नै चलेको छ । छोरा, छोरी र नातीलाई भनेर जसरी पनि सम्पत्ति जम्मा गरी जग्गा, भवन गाडी जम्मा गर्ने चलन छ भने भविष्यमा गएर छोरा, छोरी र नाति नातीनामा रहेको सिर्जनात्मक क्षमतालाई मार्ने काम गरेकोे छ र उनीहरूको भविष्यलाई अन्धकारतर्फ धकेलेको हु“दाउक्त प्रवृत्तिमा रोक लगाई श्रम, सीप, सिर्जना, शिक्षा र रोजगार पाउने मानव अधिकारलाई सम्मान गर्दै
१) जमिन श्रम पूजी
२) पूजीं शिक्षा सुशासन गुणस्तरीय निर्माण समृद्धि
३)कृषिमा सहकारी उत्पादन युवामा सीप प्रमाणीकरण रोजगार राष्ट्रको आम्दानी र
४)पूँजी समृद्धि राष्ट्रको आम्दानी राष्ट्रको विकास भन्ने अभियानलाई केन्द्रदेखि प्रदेश हु“दै स्थानीय तहसम्म व्यवहारिक रूपमै कार्यान्वयन गरे मात्र नेपाली नागरीकले परिवर्तनको महशुस गरी अगाडि बढ्न बढ्न सक्नेछन् । यसले मात्र वर्तमानमा सम्बोधन हुन गई नेपाली समाजमा मानवअधिकारको सम्मान र सुशासनको प्रत्याभूति हुने देखिन्छ । यस किसिमको चेतना सबैमा जाग्न सकोस् सबैमा नयाँ वर्ष २०७५ को हार्दिक शुभकामना ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार