कत्तिको सफा गर्नुहुन्छ दाँत माझ्ने ब्रस ?

सही टूथब्रसको प्रयोग गर्नु हाम्रो लागि जरुरी विषय हो । तर सही ब्रसको प्रयोगले मात्रै हँुदैन त्योभन्दा बढी जरुरी हुन्छ टूथब्रसको सरसफाई वा सफा तरिकाले राख्नु । जब हामी दाँत सफा गर्न ब्रस मुखमा छिराउँछौँ, हाम्रो मुखभित्र रहेका हजारौँ लाखौँ व्याक्टेरियाहरू हाम्रो ब्रसका माध्यमले बाहिर आउँछन् । तर यदि ब्रसको सफाई गरिएन भने वा सफाई गर्न जानिएन भने ब्रसमै डेरा जमाएका ब्याक्टेरियाहरूले पुनः तपाईँको मुखमा प्रवेश गर्दछन् । त्यसैले ब्रसको सफाईमा ध्यान पु¥याउनु अति नै आवश्यक छ ।

टूथब्रसलाई सफा कसरी राख्ने ः

  • टूथब्रसलाई बन्द भाँडोमा नराखौँ । किनकि बन्द भाँडोमा राख्दा टूथब्रसमा हावा प्रवाह नभई किटाणु लाग्ने खतरा बढी हुन्छ ।
  • ब्रस गरेपछि टूथब्रसलाई सधैं ठाडो गरी राख्नुहोस् । यसले गर्दा पखाल्दा ब्रसभित्र रहेको पानी तर्किन्छ र ब्रस सुख्खा हुन मद्दत गर्छ । जसको कारणले गर्दा किटाणुको संक्रमण हुँदैन ।
  • टूथब्रसलाई शौचालयदेखि कमसेकम २ फिटको दुरीमा राख्नुस्, किनकि फ्लस गर्दा पानीमा भएका किटाणुहरू हावाद्वारा पुरा बाथरुममा फैलिन्छ, जुन ब्रसमा पनि लाग्न सक्छ ।
  • टूथब्रस राख्ने भाँडो हप्तामा एक चोटी सफा गर्नुस्, जसले गर्दा भाँडोमा भएका किटाणुुहरू ब्रसमा लाग्न पाउँदैन ।
  • घरका सदस्यहरूको ब्रस एकआपसमा छोइन नदिनुस् जसले गर्दा एक ब्रसमा भएको ब्याक्टेरिया अर्को ब्रसमा लाग्न पाउँदैन ।
  • ब्रस गरिसकेपछि ब्रसलाई राम्रोसँग हल्लाएर वा झड्कारेर सुख्खा बनाई राख्नुस्, किनकि चिसो ब्रसमा किटाणु लाग्ने सम्भावना बढी हुन्छ ।
  • तपाईँले प्रयोग गर्ने ब्रस हरेक ३–४ महिनामा परिवर्तन गर्न जरुरी हुन्छ र यदि ब्रसको सफा गर्ने माथिल्लो भाग चाँडै खराब भयो भने चाँडै बदल्लनुपर्छ ।
  • लामो समय राख्दा ब्रस आफै संक्रमणमा पर्छ भने सफा गर्ने भाग नै बिग्रिएको कारणले दाँत राम्ररी सफासमेत हुँदैन ।
ताजा अपडेट
सम्बन्धित समाचार