सरकार आउने जाने भइरहन्छः रायमाझी

अर्घाखाँची । पूर्वउपप्रधान मन्त्री टोपबहादुर रायमाझीले सरकार आउने जाने भइरहेको छ र भइरहन्छन् पनि तर सरकार परिवर्तन भइरहे पनि हामी सबै राजनीतिक दलहरू, जनताहरू, राष्ट्रसेवक कर्मचारी सबै मिलेर देशलाई समृद्ध बनाउनुको विकल्प नरहेको बताएका छन् ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ५ मैदानमा नवनिर्मित भवनको उद्घाटन गर्दै रायमाझीले सिंहदरबारको अधिकार गाउँगाउँमा आएको बताउँदै अब गाउँमा राम्रो स्वास्थ्य, शिक्षा, यातायात, प्रशस्त खानेपानी लगाएत गाउँलाई समृद्ध बनाउन आवश्यक पर्ने विकास निमार्णका योजनाहरू अगाडि ल्याउन लागीपर्ने बताउँदै स्थानीय सरकार अन्तर्गतका वडाहरूमा आवश्यक पर्ने पूर्वाधार निमार्णमा ध्यान जाने बताएका छन् ।

अर्घाखाँची प्रतिनिधि सभाका सांसद समेत रहेका रायमाझीले केन्द्र, प्रदेश, स्थानीय तह र जनतासँग समन्वय गरेर मात्रै विकासका कामहरू अगाडि बढाउने बताए ।

‘सरकार अब सुशासन, शान्ति र समृद्धिको अभियानमा अगाडि बढेको बताउँदै ठेकेदारले जिम्मा लिएका काम छिटो गनुपर्छ, अन्यथा हामी अब काम राम्रो नगर्नेलाई कार्वाही गर्छौ’, रायमाझीले भने । प्रदेश सांसद रामजीप्रसाद घिमिरेले जनताले धेरै अपेक्षा लिएका छन्, पहिला पूर्वाधार विकास सँगसँगै अन्य विकासका कामहरू पनी अगाडी बढ्दै छन्, सबै एकजुट भएर मिले मात्र जिल्लालाई समृद्ध बनाउन सकिने बताएका छन्, ।

‘मैदानका बासिन्दासमेत रहेका घिमिरेले मैदानमा स्वास्थ्य चौकीको लागि बजेट पार्न सहयोग गर्ने छवीन्द्र बेल्वासेलाई स्मरण गर्दै जसले काम गर्छ, उसको सम्मान गर्नुपर्छ, जनताका आकांक्षाहरू पूरा गर्छौं’, उनले भने । पाणिनी गाउँपालिका अध्यक्ष अच्यूत गौतमले गाउँपालिकाले विकासमा फड्को मार्दै छ, समृद्ध गाउँपालिका बनाउनका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सरकारले दिएको बजेट सदुपयोग गरी विकास निमार्णका कामहरू अगाडि बढेमा जिल्ला छिट्टै विकासमा नमुना बन्ने बताए ।

पत्रकार महासंघ अर्घाखाँचीका प्रतिनिधि घनश्याम पौडेलले मैदानमा उद्घाटन भएको स्वास्थ्य चौकीमा औषधी अभाव नहुनका लागि गाउँपालिकाको विशेष ध्यान जानुपर्ने बताए ।

एक करोड ७६ लाखको लागतमा निर्माण भएको स्वास्थय चौकी सालझण्डी धोरपाटन सडकसँग जोडिएको छ । स्वास्थ्य चौकीले एक्सरे, एम्बुलेन्स, २४ घण्टे प्रसुति सेवा पनि अगाडि बढाउने लक्ष्य लिएको स्वास्थ्य चौकी इन्चार्ज जगदीश घिमिरेले बताए । चौकीलाई नमुना बनाउन केन्द्र, प्रदेश र स्थानीय तहको विशेष ध्यान जान उनले अनुरोध गरे ।

कार्यक्रम पाणिनी ५ मैदानका वडा अध्यक्ष जीवलाल घिमिरेको अध्यक्षता, वडा सचिव राजनकुमार विष्टको स्वागत र स्वास्थ्य चौकी इन्चार्ज जगदीश घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार