भारत भम्रण दुवै देशको हितमा हुनपर्छः पूर्व राजदूत उपाध्याय

बुटवल । नेपालका लागि पूर्व भारतीय राजदूत तथा नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायले प्रधानमन्त्रीको भारत भ्रमण दुवै देशको हितमा बन्नुपर्ने बताएका छन् ।उनले भ्रमणलाई कूटनीतिक तरिकाले अगाडि बढाउनु पर्ने भन्दै एक हातले ताली नबज्ने बताए । उनले भारत भ्रमण दुवै देशको चाहनाले भएको बताए ।

उनले ईयुको प्रतिवदेनले तरङ्ग ल्याएको बताए । यो प्रतिवेदनले धर्मनिरपेक्ष राष्ट्रका नाममा धर्म परिवर्तन गराएको बताए । उनले प्रधानमन्त्रीले चीन र भारत दुवै तर्फको सम्बन्धलाई ध्यान दिएर काम गरे नेपालाई फाईदा पुग्ने विश्वास गरे ।प्रदेशको सदरमुकाम नयाँ सहरमा बन्नुपर्ने धारणा राखेका छन् । उनले बुटबलमा अस्थायी राजधानी राखेको कुरा स्मरण गर्दै प्रदेश सभाले निर्णय गर्दा पाँच नम्बर प्रदेशको नयाँ सहरबनाउनुपर्ने बताए ।

रिपोर्टस क्लब नेपाल पाँच नम्बर प्रदेशले बुटबलमा गरेको साक्षात्कारमा नेता उपाध्यायले प्रदेश राजधानी नयाँ स्थानमा राख्दा केही सहजताहरु आउने बताए । उनले समग्र प्रदेशको बिकासको लागि आफू तयार रहेको बताउँदै सदैब हरेक क्रियाकलापमा साथ दिने बताए ।कार्यक्रम रिपोटर्स क्लब पाँच नम्बर प्रदेश संयोजक रामकुमार क्षेत्रीको अध्यक्षता र कपिल ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको हो ।

चित्त बुझ्दो हैसियत नभए पार्टी एकता हुँदैनः रायमाझी

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले चित्त बुझदो नभए पार्टी एकता नहुने बताएका छन ।रिपोर्टस क्लब नेपाल पाँच नम्बर प्रदेशले बुटबलमा गरेको साक्षात्कारमा रायमाझीले घडी, समय पोला तोकेर पार्टी एकता हुने विषय हैँन, पार्टी एकता हँुदा समान हैसियतमा मात्र एकता हुने बताए । उनले भने – आफनो औकात अनुसारको हैसियतमा मात्र एकता गछौँ, सम्मान जनक, समान हैसियतले नभए पार्टी एकता हुदैँन ।

बाम एकता हुँदा चुनावी तालमेल हुदैँन भनेर हल्लाहरु भए सरकार बन्ने कुरामा आशंका गरियो, सरकार बन्दैन भनियो, त्यसपछि पार्टी एकता टिप्पणी आउनु स्वभाविक हो, निकट भविष्यमा पार्टी एकता गराएरै छाड्छौ, सम्पूर्ण बामपन्थी शक्तिहरुलाई एउटै कम्युनिष्ट पार्टी बन्ने दावी गरे ।

उनले देशमा विगतका समयमा सरकार निर्माण हँुदा राजनीतिक स्थिरता नभएकाले अहिले पूर्ण दुई तिहाई सहितको सरकार निर्माण गरेकोले प्रतिपक्षसँग सहकार्य गरेर विकासका काममा अगाडि बढ्ने बताए । प्रतिपक्षले सहकार्य गर्ने जानकारी गराइसकेकोले सहकार्य गर्न बाम गठबन्धनको सरकार पनि तयार रहेको उनले बताए ।

राष्ट्र राष्ट्रिय सम्बन्धलाई गाढा बनाउनका लागि प्रधानमन्त्रीको भ्रमण ऐतिहासिक हुने बताए । उनले अर्कोको देशको विषयमा बोल्न आवश्यक नभएको ईयुलाई चेतावनी दिए ।

ईयुले दिएको सुझाव ठिक भए लिने नत्र लागु नहुने बताए । पाँच नम्बर प्रदेशको राजधानी जनप्रतिनिधिले पायक पर्ने ठाउँमा माग्नु स्वभाविक हो, उचित र सही ठाउँमा राख्न सुझाव रहने बताउँदै पाँच नम्बर प्रदेशमा पहाड र तराई अलग नगराउनका लागि धेरै आन्दोलन गरेर जोगाएकोले स्थायी राजधानी राख्न सल्लाह दिने बताए ।

ईयुले तुरुन्त प्रतिवेदन सच्याउनुपर्छः भट्टराई
सोही कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले ईयुले अर्कोको देशको विषयमा बोल्न जरुरी नरहेको बताए । उनले ईयुले बोलेको गम्भीर विषय भएको बताउँदै भने– ‘अर्कोको देशलाई हस्तक्षेप गर्ने कुनै अधिकार छैन, यसमा हाम्रो घोर आपत्ति छौ, इयुले तुरुन्त यो प्रतिवेदन सच्चाउनुपर्छ ।’

संविधान कायान्वयन गदैँ देश अगाडि बढेको छ, संविधान कार्यान्यन हुदैँन, संविधान पुनर्लेखन गर्नुपर्छ भन्ने विचार आएपनी संविधानले सवै निर्वाचन सम्पन्न गरी कार्यान्वयनमा गएको बताए । उनले देश विकास र समृद्धितर्फ केन्द्रीत भएर अगाडि बढेको बताउँदै नेपालकै इतिहासमा पहिलोपटक स्थायी सरकार भएको बताउँदै अब राजनीति गर्ने व्यक्तिले अब विकास र समृद्धिका कुरा गर्नुपर्ने समय आएको छ, विकास र समृद्धिका कुराहरु नगर्ने अब नेता नै हुँदैन भने ।

उनले बाम गठबन्धनलाई ठुलो अवसर आएकोले सुखी नेपाली समृद्ध नेपाल बनाउने अवसरसँगै चुनौती छ, जनताले दिएको विश्वास पुरा गर्ने अभियानका साथ सरकार अगाडि बढेको बताए ।जनताको आशा र अपेक्षा बमोजिम घोषणा पत्रमा भएका कुराहरु कार्यान्वयन गर्नेतर्फ सरकार अगाडि बढ्ने उनले बताए   चैत २३ गतेदेखि हुने भारत भ्रमणको एजेण्डा नबने पनि ऐतिहासिक हुने उल्लेख गरे । देश र जनताको पक्षमा भ्रमण हुने विश्वास दिलाए ।

भारत भ्रमण अगाडि नै एकता हुने गरी माओवादी पनि अगाडि बढेको, एकता हुन्छ कि हुदैँन यसमा दुईमत नभएको बताए ।पाचँ नम्बरको राजधानी अस्थायी राजधानी देउवा सरकारले तोकेकोले राजधानी सार्न खोजेमा धेरै विवाद आउने हँुदा, प्रदेशको राजधानी रुपन्देहीबाहेक अन्त जाँदैन, यहीँ नै स्थायी राजधानी हुन्छ’, भट्राईले दावी गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार