राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४ हुने

बुटवल। राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४ हुने भएको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले बिगतका वर्षहरुमा जस्तै यो वर्ष पनि अवार्ड आयोजना गरीएको हो ।

२०५३ सालमा स्थापना भएको एनफएपीजे अहिले आफनो स्थापनाको २१औं वार्षिकोत्सवका कार्यक्रमहरु मनाईरहेको छ ।सोही कार्यक्रम अन्तरगत २०७५ साल बैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर काठमाडौंमा एक विशेष समारोह आयोजना गर्न लागिएको आयोजकले पत्रकार सम्ेमलन गरेर जानकारी गराएको हो ।

देशभर विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकाहरुको क्षमता र योग्यताको कदर गर्दै नयाँ आउने युवा फोटोपत्रकारको उच्च मनोवल वृद्धिको लागि प्रोत्साहन स्वरुप फरक फरक १३ बिधामा नगद पुरस्कार सहित, ट्रफी, सम्मानपत्र प्रदान गर्न लागेको आयोजकले जानकारी दिएको हो ।

हाल निवृत्त जीवन व्यतित गरिरहेका अग्रज फोटोपत्रकारहरुलाई समेत सम्मान गर्ने उद्देश्य राखी एनएफपीजेले आयोजना गर्न लागेको यो अवार्डको नाम ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४’ राखिएको छ ।

२०७५ साल बैसाख १३ गते विशेष समारोहको आयोजना गरि पुरस्कारहरु प्रदान गरिनेछ । उक्त कार्यक्रममा नेपाल सरकारका प्रधानमन्त्री लगायत विधागत मन्त्रीहरु ,राजनितिक व्यक्तित्वहरु, व्यापारीक तथा कुटनैतिक व्यक्तित्वहरु साथै वरिष्ठ कलाकारहरुको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।

दिउँसो ४ बजेदेखि साँझ ६.३० बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रम भद्रकालीस्थित आर्मी अफिर्सस् क्लवमा हुने कार्यक्रमको ४ वटा टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।

अवार्डका विधाहरु
लाइफटाइम एचिभमेन्ट अवार्ड–२०७४ः लाइफ टाइम एचिभमेन्ट अवार्ड ५० हजार नगद, ट्रफी र सम्मानपत्र सहितको हुनेछ । यो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा विगत लामो समयदेखि सक्रिय रुपमा क्रियाशील फोटो पत्रकार तथा लामोसमय फोटोपत्रकारीता गरि हाल निवृत्त हुनु भएका हाम्रा गुरुहरु हरुमध्येबाट एकजनालाई प्रदान गरिनेछ । यसको छनौट अवार्ड छनौट निर्णायक समितिले गर्नेछ ।
वर्ष उत्कृष्ट फोटोपत्रकारीता विधा : विभिन्न ११ वटा विधामध्येबाट उत्कृष्ट ठहर भएका एकजना फोटो पत्रकारलाई यो अवार्ड प्रदान गरिने छ । अवार्डमा २५ हजार नगद, ट्रफी र सम्मानपत्र रहनेछ ।
खेलकुद फोटोपत्रकारीता विधा : यो विधा अन्र्तगत खेलकुदको क्षेत्रमा उत्कृष्ट फोटो खिच्ने एकजना फोटो पत्रकारलाई पुरस्कृत गरिने छ ।
पर्यटन तथा संस्कृति विधा : देशको पर्यटन तथा संस्कृतिलाई फोटोको माध्यमबाट पत्रकारितामा उतार्ने फोटो पत्रकारहरुलाई यो विधामा पुरस्कार प्रदान गरिनेछ ।
राजनैतिक फोटोपत्रकारीता विधा : देशको महत्वपूर्ण राजनीतिक गतिविधिलाई फोटोको माध्यमबाट समाचार बनाउने फोटो पत्रकारहरुलाई यो विधाको पुरस्कार प्रदान गरिनेछ ।
दैनिक जीवन फोटोपत्रकारीता विधा : समाजको दैनिक गतिविधिलाई फोटोको माध्यमबाट समाचारका रुपमा प्रकाशित गर्ने पत्रकारहरुलाई यो विधाको पुरस्कार प्रदान गरिने छ ।
मनोरन्जन फोटोपत्रकारीता विधा : मनोरञ्जन क्षेत्रका गतिविधिलाई फोटो मार्फत समाचार बनाउने फोटो पत्रकार यो विधाबाट पुरस्कृत हुनेछन् ।
आर्थिक फोटोपत्रकारीता विधा : व्यापार, व्यवसायलगायतका क्षेत्रमा भै रहेका विभिन्न कृयाकलाप फोटोको माध्यमबाट समाचार बनाउने फोटो पत्रकारले यो विधाको पुरस्कार प्राप्त गर्नेछन् ।
महिला फोटोपत्रकार विधाः महिला फोटो पत्रकारका रुपमा विभिन्न सञ्चारमाध्यममा कार्यरत महिला फोटो पत्रकारहरुमध्येबाट छनौट गरी एकजनालाई यो पुरस्कार वितरण गरिने छ ।
उपत्यका वाहिर फोटोपत्रकारीता (मोफसल) विधा : राजधानी बाहिर रहेर सक्रिय रुपमा विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एकजनाले यो पुरस्कार प्राप्त गर्नेछन् ।
अनलाईन फोटोपत्रकारीता विधा : विभिन्न अनलाईन समाचार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्ये एकजनालाई यो विधाको पुरस्कार प्रदान गरिने छ ।
स्वतन्त्र फोटोपत्रकारीता विधा : विभिन्न संन्चार माध्ययममा स्वतन्त्र ढंगवाट फोटोको सेवा प्रदान गर्दै आउनु भएका फोटो पत्रकारहरु मध्ये एकजनालाई यो विधाको पुरस्कार प्रदान गरिने छ ।
एनएफपीजे सक्रिय सदस्य विधा : राष्ट्रिय फोटो पत्रकार समूहका सक्रिय सदस्यमध्ये एकजनालाई यो राशीको पुरस्कार प्रदान गरिने छ ।
विभिन्न विधाको पुरस्कार रकम रु २५ हजार नगद, ट्रफी र प्रमाणपत्र रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार