कांगे्रस वरिष्ठ नेता पौडेल पुत्र देशव्यापी युवा जागरण अभियानमा

वालिङ । सामाजिक विकासबाट नै नेपालको आर्थिक विकास संभव छ भन्ने नाराका साथ नेपाली कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल सुपुत्र चिन्तन पौडेल यतिबेला देशव्यापी युवा जागरण अभियानमा छन् ।

युवा जागरणकै क्रममा सोमबार स्याङजा आएका पौडेलले नेपाल सरकारको नीति जनताको पक्षमा हुुनुपर्ने भन्दै जनताको पक्षमा रहेका नीतिले आर्थिक समृद्धियुक्त राष्ट निर्माण गर्ने बताए ।

समृद्ध नेपालका लागि मुुलुकभरका युवाहरूलाई स्वदेशमै परिचालित हुने वातावरण निर्माण गर्नुपर्ने समेत बताए । लाखौँ दक्ष जनशक्तिको श्रम नेपालीले विदेशमा बेचिरहेको भन्दै हाम्रो मुलुकी नीतिकै कारण युवाहरू विदेशिन बाध्य रहेको बताए ।

स्याङजाको वालिङमा गरिएको पत्रकार सम्मेलनमा पौडेलले नेपाल सरकारको नीति सैद्धान्तिक रूपमै मात्र सीमित रहेको भन्दै सरकारी नीतिहरू व्यवहारमा आउनै मुस्किल रहेको बताए । युवा जागरणको उद्देश्य भ्रष्टाचारमुक्त समाज, राष्ट्र, युवाहरूलाई आफ्नै स्वरोजगारीमा आकर्षित गर्न, कृषि, पशुपालनमा लागेका युवाहरूलाई टिकाई राख्न के गर्न सकिन्छ, जनचेतना, गुणस्तरीय शिक्षा, ग्रामीण क्षेत्रमा कृषि जनचेतनाको विकास गर्ने, सीपविकास अभिवृद्धिलगायत रहेको पौडेलले बताए ।

नेपाल सरकारबाट प्राप्त तालिम, अनुदानजस्ता लक्षित वर्गसमक्ष पु¥याउने, सामाजिक विकासजस्ता विषयमा जागरण गर्ने उनले बताए । कार्यक्रममा बोल्दै वालिङ नगरप्रमुख दिलिपप्रताप खांणले चेतनाको विकासले नै हरेक समस्याहरूको समाधान हुने बताए । नगरपालिकाको हकमा विकासलाई स्थापित गर्न चेतनाको मुख्य भूमिका रहने बताए ।

नगरपालिका क्षेत्रमा १७ हजार रोजगार स्थानीय स्तरमै सृजना गर्ने आफ्नो ५ वर्षको योजना तथा लक्ष्य रहेको समेत बताए । हरेक ग्रामीण वस्तीलाई समेत कृषि, पर्यटनका साथै स्थानीय स्रोत साधनलाई प्रयोग गदैै रोजगारीको सृजना गर्ने बताए । युवाहरू नै राष्ट्रको मेरुदण्ड रहेकाले युवाहरूलाई स्थानीय तहदेखि नै सचेत बनाउनुपर्नेमा जोड दिए ।

पछिल्लो समय युवाहरू कृषि क्रान्तिमा लम्किरहेको अवस्थामा उनीहरूलाई स्थापित गर्न राज्यस्तरबाटै विशेष नीतिको आवश्यक रहेको बताए । कांगे्रसका जिल्ला प्रवक्ता इन्द्र गोदारको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रेस युनियनका सभापति श्रीकृष्ण सिग्देलले गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार