महिला सशक्तिकरण एक चर्चा

धेरै देशहरूमा जस्तै नेपालमा पनि आठ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गर्दछौं । नारी दिवस मनाउनु एकदम राम्रो हो । तर नारी दिवसका नाराहरू नारामा मात्र सीमित नराखी व्यवहारमा पनि लागु गर्नुपर्ने मानिन्छ ।

नारी दिवसलाई विशेष गरेर महिलाले स्वतन्त्रताको दिन भनेर मनाइने गरिन्छ । त्यसैगरी नारी दिवसमा विभिन्न महत्वपूर्ण नाराहरू रहेका छन् । तर पनि ती नाराहरू धेरै कम मात्रामा व्यवहारमा प्रयोगमा ल्याएको पाइन्छ । त्यसैगरी नेपालका सन्दर्भमा पनि महिला पुरुषभन्दा पछाडि रहेको देखिन्छ । तिनीहरूलाई घरभित्र नै काम गर्न लगाउने र बाहिरी क्षेत्रमा संलग्न हुन दिएको पाइएको छैन । तर हाल २–४ वर्ष अगाडिदेखि मानिसको व्यवहारमा परिवर्तन आएको छ । जनचेतनाको बृद्धिले गर्दा अहिलेको सन्दर्भमा महिलाहरू अगाडि बढिरहेको पाइन्छ । अहिलेको सन्दर्भमा धेरै महिलाहरू शिक्षित लगायत विभिन्न क्षेत्रमा पनि संलग्न भई आफ्नो छाप छाडेका पाइन्छ । अहिलेको सन्दर्भमा महिलाहरू राजनीतिक क्षेत्रमा पनि आफ्नो संलग्तनाले विभिन्न अन्य महिलाको प्रेरणाको स्रोत बनेको पाइएको छ ।

नारी दिवस कुन सालदेखि शुरु भएको भन्ने थाह पाउन अलि मुस्किल छ । तर १९०८ देखि शुरु भएको भन्ने अनुमान गरिएको छ । जब १५,००० नारीहरू न्यूयोर्कमा जुलुश निकालेका थिए । एउटा नारी जसको नाम क्लारा जेट्किनि हो । जो आम महिलाको लिडर हुनुहुन्छ । उहाँले निकालेको आइडिया आज विश्वभर मनाइन्छ । नारी दिवस मनाउन उहाँले भने बमोजिम सबै देशले नारी दिवस मनाइएको पाइन्छ ।

नारी दिवस मनाउनुको मुख्य उद्देश्य लैंगिक समानता ल्याउनु हो । जो कि अझैसम्म पूरा तरिकाले ल्याउन सकेको छैन । नारी दिवस मनाउने गर्दा धेरै महिलाको लागि फाइदाजनक रहेको पाइन्छ । नेपालमा नारीहरूलाई अल्लो तल्लो स्तरमा पारेको पाइन्छ । नारीहरूको काम केवल छोरा–छोरी पाउन र घरको काम गर्न मानिन्छ । जुन कुरा एकदमै गलत हो । यही भएर हाम्रो देशमा नारीहरूलाई त्यति धेरै शिक्षा दिने चलन छैन । अरूको घर जाने किन पढ्न प¥यो भन्ने गरेको पाइन्छ । आज भोलि पुरुषले पनि गर्न नसक्ने काम नारीहरूले गरेको पाइन्छ । संसारमा धेरै नारीहरू रहेका छन्, जस्ते उदाहरणका लागि ल्फोरेन्स नाइटेङ्गल, इन्दिरागान्धी, मोदर टेरेसा आदि आदि ।

हाम्रो देशमा नारीहरूलाई पशुसमान मानिन्थ्यो तर विगत ५–६ वर्षदेखि धेरै परिवर्तन आएको छ । यसरी नारी दिवस मनाउनाले मानिसमा चेतनाको बृद्धि भएको छ । नारीहरू सम्मानित हुन थालेका छन् । उनीहरूको पहिचान स्थापित भएको छ । जसले गर्दा तिनीहरूको मानसिक सोंचाईमा परिवर्तन आएको पाइन्छ । उनीहरू पुरुष सरह ठूलो ठूलो पोष्टमा जान थालेका छन् । संविधान पनि उनीहरूको चाहना अन’सार बनेको छ । आज नेपालमा सबै नारीहरू समानताका आधारमा अघि आएका छन् ।

नारी दिवस मनाउनाले विभिन्न महिलाहरू आजको सन्दर्भमा आफ्नो खुट्टामा आफै उभिएको पाइन्छ । यसरी नै अहिले महिलाहरू धेरै शिक्षित भई कोही डाक्टर, पाईलट, इन्जिनियर लगायत अन्य राजनैतिक क्षेत्रमा पनि ठूलो–ठूलो पदमा रहेर काम गरेको पाइन्छ । यसरी नारी दिवस मनाउनाले महिलाहरू आफ्नो योग्यता र क्षमतालाई जान्ने गर्दछन् । जसले गर्दा नारीहरू अगाडि बढ्ने गरेको पाइन्छ । जसले गर्दा हरेक देशमा नारी दिवस मनाउने गरेको पाइन्छ ।

विश्वभरि नारी दिवस मनाउनाले यसले विभिन्न समुदायमा असर पारे जस्तै मुस्लिम समुदायमा पनि यसले राम्रो असर पारेको पाइन्छ । यसरी नारी दिवस मनाउनाले अहिले आएर महिलाहरू सीमित भए अनुसार मुस्लिम समुदायका मुस्लिम नारीहरूमा पनि जनचेतना बढेको छ । पहिले–पहिले मुस्लिम महिलाहरू अशिक्षित र तिनीहरू स्वतन्त्र पनि थिएनन् तर अहिले आएर मान्छेमा चेतना भएर आज सम्पूर्ण मुस्लिम महिलाहरू शिक्षित भएको पाइन्छ । आजको युगमा तिनीहरू स्वतन्त्रता रूपमा शिक्षित भई विभिन्न क्षेत्रमा समावेश भएको पाइन्छ । जसले गर्दा उनीहरूले आफ्नो योग्यता र क्षमताको महत्व बुझेको पाइन्छ ।

पहिले मुस्लिम महिलाहरू स्वतन्त्र रूपमा हिंड्न पाएको देखिन्थेन तर आज आएर मुस्लिम महिलाहरू शिक्षित भई कोही डाक्टर र कति धेरै महिलाहरू राजनैतिक क्षेत्रमा पनि समावेश रहेको पाइन्छ । पहिलाको र अहिलेको अवस्था हेर्दा आजको अवस्थामा मुस्लिम महिलाहरू अघि बढेको पाइन्छ । जसले गर्दा तिनीहरूले आफ्नो खुट्टामा उभिएर स्वतन्त्र भएको देख्न सकिन्छ ।

मुस्लिम महिलाहरू पहिलाको तुलनामा अहिले बढी शिक्षित रहेका छन् । अहिले मुस्लिम महिलाहरू शिक्षित भएकोले कतिजना नेपाल सरकारको कर्मचारी, कति डाक्टर, कति इन्जिनियर र विभिन्न अन्य मुस्लिम महिलाहरू पनि अलि बढिरहेको पाइन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार