कफीमा गुल्मी आत्मनिर्भर बन्ने लक्ष्य

शिवलाल सुवेदी
गुल्मी । कफिको उद्गम स्थल गुल्मीलाई कसरी कफी खेतीमा आत्मनिर्भर बनाउन सकिन्छ भन्ने उद्देश्यले गुल्मीमा कफीको सेतो गवाँरो, सिन्दुरे रोग, नर्सरी तथा बगैचा व्यवस्थापन सम्बन्धि सरोवारवाहरू बीच छलफल गरिएको छ ।

मुसिकोट नगरपालिका अन्र्तगत कफी विकास केन्द्र आँपचौरको आयोजनामा संचालन गरिएको उक्त कार्यक्रममा जिल्लास्थित सम्पूर्ण नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधिसहित सरोकारवालाहरूको सहभागितामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

पछिल्लो समयमा कफीको लागि प्रमुख शत्रुको रूपमा चिनिने सेतो गबारो र सिन्दुरे रोगले कफी कृषकहरूलाई निकै निरुत्साहित बनाएको भन्दै उक्त समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वरिष्ठ कफी विकास अधिकृत बद्री प्रसाद पौडेलले बताए । कार्यक्रममा सरोकारवालाबीच कफीमा लाग्ने रोग, किरा, बगैचा व्यवस्थापन, योजनाबद्ध विकास, नगरपालिका र गाउँपालिकाहरूमा संचालन गरिने कफी कार्यक्रमहरूमा एकरूपता र दिगो कफी विकासका लागि स्थानीय निकायहरूले खेल्नुपर्ने भूमिकालगायत विषयमा छलफल गरिएको थियो ।

नेपालमा कफि खेतीको इतिहास गुल्मी जिल्लाबाट शुरु भए पनि कफी उत्पादनको हिसाबले जुन रफ्तारमा त्यसको उत्पादकत्वमा वृद्धि हुनुपर्ने हो त्यो अनुरूप कफी खेतीको विस्तार हुन सकेको अन्र्तक्रिया कार्यक्रमका सहभागीहरूले बताएका छन् । जिल्लालाई कफी खेतीमा आत्मनिर्भर बनाउनका लागि पछिल्लो समयमा कफी खेती हुने गाउँपालिका र नगरपालिहरूले कृषकहरूलाई कफी खेतीमा अनुदान दिने भएका छन् ।

गाउँपालिका तथा नगरपालिकाले व्यवसायिक रूपमा एक सय बोट कफी रोप्ने कृषकहरूलाई दश हजार रूपैयाँसम्म अनुदानको व्यवस्था गरेको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । कफी खेतीको दिगो विकास र व्यवस्थापनका लागि जिल्लामा कफीको पकेट क्षेत्र तोकि त्यसको विस्तार गर्नुपर्ने, व्यवसायिक उत्पादनमा जोड दिने, कफी बीउ, तथा नर्सरी विरुवा प्रमाणीकरण गरेर मात्र कफी पकेट क्षेत्रमा रोप्ने व्यवस्था गर्ने, रोगी कफी बीउ तथा बिरुवाहरूलाई जिल्लाभित्र प्रवेश गर्न रोक लागाउनेलगायतका कुरामा जनप्रतिनिधिहरूले जोड दिएका छन् ।

जिल्लाका १२ स्थानीय तहमध्ये मुसिकोट नगरपालिकालगायत रुरु, छत्रकोट, गुल्मी दरबार, र इश्मा गाउ“पालिमा व्यवसायिक कफि खेती बढी हुने गरेको छ । ९३ वडामध्ये ४५ वडामा १ हजार ९ सय ४५ व्यवसायिक कफि किसान छन् । जिल्लाभर अहिले ८० मेट्रिक टन कफि उत्पादन हुने गरेको छ । जैविक मलको प्रयोगबाट उत्पादन हुने गरेको अर्गानिक कफि जापान, कोरिया, अस्ट्रेलिया र र जापानमा लोकप्रिय बन्दै गएको छ । जिल्लामा १ सय ४० हेक्टर क्षेत्रफलमा कफि खेती हु“दै आएको छ ।

नेपालमा पहिलो पटक १९ सय ९५ मा गुल्मी जिल्ला आपचौर निवासी साधु हिरा गिरीले वर्माबाट अराबिका जातको कफिको विरुवा ल्याई कफी खेतीको शुरुवात गरेका थिए । गुल्मी जिल्लाको आ“पचौर गाविसमा कफी शुरु गरेपछि त्यहा“ उत्पादन भएको कफी बिक्रीका लागि तत्कालीन अवस्थामा किसानहरूले बजार नपाएका कारण उनीहरूले आफूले लगाएका कफीका बोटहरू काटेर फाल्न बाध्य बनेका थिए । तर आजभोलि गुल्मीका किसानहरू भने पुनः व्यवसायिक कफी खेतीतिर आकर्षित हुँदै जान थालेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार