विवाह दर्ता र नागरिकता बनाइदिने सहमति गरेकै दिन श्रीमान् फरार

देउखुरी । राजपुर गाउँपालिका वडा नं. ४ मोतीपुरुवा निवासी विजय गुप्ता वडा प्रहरी कार्यालय लमहीमा श्रीमतीको विवाह दर्ता र नागरिकता बनाइदिने सहमति गरेकै दिन फरार भएका छन् ।

आइतबार वडा प्रहरी कार्यालय लमहीमा श्रीमती शोभा गुप्ताको नागरिकता र विवाह दर्ता गराइदिने सहमति गरेका विजय गुप्ता फरार भएको गुप्ताकी श्रीमती शोभा गुप्ताले बताइन् ।

आइतबार वडा प्रहरी कार्यालय लमहीमा भएको छलफलमा दुई दिनभित्र विवाह दर्ता र नागरिकता बनाइदिने सहमति गरेपछि वडा अध्यक्ष रामेश्वर यादवको रोहवरमा परिवारको जिम्मा लगाइएको थियो ।

तर, आइतबार वेलुका नै विजय भागेपछि वडा प्रहरी कार्यालय लमहीले सहमति भएको पत्रसहित जानकारी इलाका प्रहरी कार्यालय गढवामा पठाएको छ । घटनाबारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रमोद क्षेत्रीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार