पूर्णिमाको दशौं शाखा लुम्बिनीमा

लुम्बिनी । पूर्णिमा विकास बैकको १० औं शाखा लुम्बिनीस्थित पर्सामा सोमबार समुद्घाटन भएको छ । बैंकको उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य तथा पूर्व अर्थराज्यमन्त्री भरतकुमार शाहले बैंकिङ् सेवा सरल र सहज बनाउन आग्रह गरे । लुम्बिनीमा खुल्ने बैंकले कम्तिमा पर्यटन र कृषिलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउँदै उनले गुणस्तरीय सेवा दिन आग्रह गरे ।

कार्यक्रममा प्रदेश सभाका सदस्य फकरुद्धिन खानले अर्थतन्त्रको मुटुका रूपमा स्थापित रहेकाले राज्यको विकासमा वित्तीय संस्थाको महत्वपूर्ण भूमिका हुने बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले लुम्बिनीको विकासका लागि सबैको हातेमालो जरुरी रहेको बताए । वित्तीय संस्थाहरूलाई पर्यटन क्षेत्रमा लगानी गरेर लुम्बिनीको सम्मृद्धिका लागि सहयोग गर्न आग्रह गरे ।

सो अवसरमा लुम्बिनी बौद्ध विश्व विद्यालयका रजिष्ट्रार तिलक आचार्यले बुद्धसँग सम्बन्धित विभिन्न कुटिर उद्योगहरूमा लगानी गर्न बैंकलाई आग्रह गरे ।

कार्यक्रममा बैंकका अध्यक्ष निधानचन्द्र श्रेष्ठ, कार्यकारी प्रमुख प्रकाश गुरुङ, शाखा प्रबन्धक अर्जुन प्रधानले बोल्दै सरल र सहज बंैकिङ सुविधा प्रदान गर्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार