६ कुराले मनुष्य हुन्छ दुःखी

संसारमा व्यक्तिले अरुले गर्दा दुःख भएको महशुस गर्दछ तर वास्तविक दुःख अरुले हैन मनुष्यले आफैले  गरेको कर्मले गर्दा पाउने हो संस्कृत साहित्यमा  भनिएको छ– “सुखस्य दुःखस्य नकोपि दाता,  परोददातीति कुवुद्धिरेषा” सुख दुःख अरुले दिएको हो भन्नु नै कुवुद्धि हो ।

त्यसैले आफ्नै कर्मले सुख दुःख दिनेहो सोहीकारण सुख पाउनको लागि राम्रो कर्म गर्नुपर्ने  वैदिक ग्रन्थहरुले बताएका छन् । धृतराष्ट्रका मन्त्री विदुरले महाभारतमा धर्मका धेरै राम्रो उदाहरण दिएका छन् उनको उधाहरणको नीतिलाई विदुर नीति भनिन्छ । विदुरले मनुष्य ६ कारणले दुःखी हुन्छ भनेका छन् ।

 

 

ईष्र्यी घृणी न संतुष्टः क्रोधनो नित्यशङ्किताः।

परभाग्योपजीवी च षडेते नित्यदुःखिताः ।।

  • अरुको ईष्या गर्नेवालालाई कसैले दुख दिनुपर्दैन आफै दुःखी हुन्छ ।
  • अरुको निन्दा तथा घृणा गर्नवाला सधै दुखी हुने भन्छन् विदुरले ।
  • असन्तोषी व्यक्ति सदैव दुःखी हुन्छ भनिएको छ ।
  • सदैव असन्तोषी दुखी रहन्छ ।
  • क्रोधी मनुष्य पनि सधै दुखी हुन्छ ।
  • किनभने उ सधै रिसाउँ रिसहको संगत कसैले गर्दैनन् ।
  • सधै संर्कीण रहने वाला मनुष्य पनि सधै दुःखी रहने विदुरले भनेका छन् ।
  • अर्काको भाग्यमा जीवन निर्वाह गर्ने वाला सधै दुःखी रहने विदुरको भनाइ हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार