बच्चाको स्वास्थ्यमा संवेदनशील बनौं

बुटवल । बच्चाहरू सानो रहुन्जेलसम्म उसका हरेक काम अलि गाह्रै हुन्छ र एकदम ध्यान पु¥याएर मात्र कामहरू गर्नुपर्दछ ।
विशेषगरी बच्चाको स्वास्थ्यसँगको सम्बन्धित कुरामा त झन् धेरै संवेदनशील बन्नु एकदम आवश्यक छ । थोरै लापरबाहीले पनि बच्चालाई जे पनि हुनसक्छ । त्यसैले यस्तैमा बच्चाको शरीरको कुरामा कान पनि एक संवेदनशील अंग हो ।

बच्चाको कान सफा गर्दा विशेष ध्यान दिनुपर्दछ । बच्चाको कान सफा गर्ने बेला अन्त ध्यान दिनुहुँदैन । कान सफा गर्नाले न की कानको फोहोर निस्किन्छ बरु डेड सेल्स पनि निस्किन्छ । कानमा बस्नेबाला वैक्स एक साधारण पदर्था हुन्छ जो सबै मानिसहरूको कानबाट निस्किनछ, यो कुनै प्रकारले संक्रमण हुदैन र न त यसले बचचालाई सुन्ने क्षमतामा असर पार्दछ ।


तर यदि तपाईको बच्चाको कानमा धेरै बढी वैक्स निस्कियो भने डाक्टरसँग सल्लाह अवश्य लिनुस् । सानो बच्चाको कान सफा गर्दाको समयमा कैयांै कुराहरूलाई ध्यानमा राख्नु आवश्यक हुन्छ । बच्चाहरूको कान सफा गर्नको लागि क्यू टिप्सको प्रयोग नगर्नुहोस् । बच्चाको कानमा कुनै पनि नुकिला चीज नछिराउनुस् नत्र चोट वा घाउ हुने खतरा हुन सक्छ । बच्चाको कानलाई सधै सही तरिकाले मात्र सफा गर्नुहोस् । ज्यादै सावधानी अपनाएर र ध्यान दिएर ।

टिप्सहरू ः
नुहाउँदाको समयमा सफा गर्नुहोस्ः
बच्चाको कानलाई सफा गर्नुलाई सबैभन्दा राम्रो समय उसलाई नुहाउनुभन्दा पहिले हुन्छ । मालिसपछि तपाईको बच्चाको कानलाई सावधानीपूर्वक सफा गर्नुहोस् । यो समय कानहरूमा रुखोपना हुँदैन र वैक्स सजिलै निस्किन्छ ।
तातो कपडाले पोछनुहोस्ः
जब तपाई आफनो बच्चालाई नुहाइरहनुभएको हुन्छ तब उसको कानहरूमा तातो कपडाले पोछिदिनुहोस् । यस्तो नियमित रूपले गर्नुपर्छ । यस्तो गर्नाले तपाईको बच्चालाई कान सफा रहन्छ, वैक्स निस्किहाल्छ र फोहोर जम्न पाउदैन ।
कटन बड न छिराउनुहोस्ः
बच्चाको कानलाई सदैव बेबी इयर बडले सफा गर्नुस् । ज्यादै गहिराइसम्म बड न छिराउनुहोस् नत्र कानको पर्दामा चोट पुग्ने डर रहन्छ ।
इअर ड्रपः
कहिलेकाँही बच्चाहरूको कानलाई सफा गरेर पनि कुरा हँुदैन । यस्तोमा डाक्टरी सल्लाह लिएर कुनै डप पनि हाल्न सकिन्छ । यदि बच्चाको कानमा ज्यादै मात्रामा वैक्स बनिसकेको छ भने डाक्टरलाई अवश्य देखाउनुहोस् ।
घरेलु औषधिहरूको प्रयोग नगर्नुस्ः
बच्चाहरूको कान सफा गर्ने समयमा कैयांै पटक मानिसहरूले घरेलु तरिकाहरूको प्रयोग गर्छन् । कानमा केही चीज राख्नुहोस् । इयर बडले मात्र सफा गर्नुस् र फालतुको डप या अन्य तरल पदार्थ नराख्नुहोस् । बच्चाको कान कलिलो हुन्छ र तयसलाई इन्फेक्सनको खतरा हुनसक्छ ।
सावधान रहनुस्ः
बच्चा चंचल हुन्छ, यस्तोमा उ तपाईको कान सफा गर्ने समयमा गाहृो बनाउन सक्छ । यसैले कान सफा गर्ने समयमा उसलाई कँसेर समात्नुस् र सावधान रहनुस् । नत्र बच्चाको अलिकति हल्लीनाले उसलाई उसलाई चोट पुग्न सक्छ ।
ड्राइ भएपछि सफा नगर्नुस्ः
जब बच्चाहरूको कान रुखो हुन्छ तब उसलाई सफा गर्ने कोशिष नगर्नुस् । यसले छालामा खिचाव आउनसक्छ । बच्चालाई नुहाइसकेछि पनि सफा गर्नु सबैभन्दा राम्रो हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार