बुटवल । प्रदेश प्रमुखले सोमबार नियुक्ति गर्ने संभावना कम छ । ‘सोमबारै नियुक्ति हुन्छ भन्न सकिन्न–दवाडीले भने– ‘त्यसपछि छिटै नियुक्ति हुन्छ ।’

दलहरूले भने फागुन ३ गते शपथ ग्रहण गराईदिन प्रदेश प्रमुखलाई अनुरोध गरेका छन् ।

‘हामीले ३ गते शपथका लागि उपयुक्त हुन्छ भनेका छौं– एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले भने– ‘२ गते सभामुखको निर्वाचन भएकाले ३ गते शपथका लागि उपयुक्त हो, प्रदेश प्रमुखज्यूले पनि सहज हिसाबले नै अघि बढ्ने छ ।’

फागुन १ गते महाशिवरात्रीको सार्वजनिक बिदा भएकाले सपथ हुनसक्दैन । २ गते प्रदेश ५ को सभामुख चुन्न संसद्ले मिति तोकिसकेको छ ।

यसैले ३ गते नै शपथ ग्रहणको मिति तय गर्ने मनस्थितिमा प्रदेश प्रमुखको कार्यालय छ । शपथ ग्रहण सडक डिभिजनको कम्पाउण्डमा गर्ने तयारी छ ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार